काँग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, शसांक सबै भन्दा अगाडी

काँग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, शसांक सबै भन्दा अगाडी

  • आइतवार, पुस ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर बाँकी पुनः आज ९ बजेदेखि गणना गर्ने भनिएकोमा आज बिहान पौने ११ बजेबाट मात्रै मत गन्न थालिएको हो ।

केन्द्रीय सदस्यको मतगणनामा शुरुवाती अग्रता कायम गर्नुभएको कांग्रेस नेता डा।शशांक कोइरालाले अझै पनि अग्रतालाई निरन्तरता दिनु भएको छ । अहिले सम्म गणना गरिएको २९ सय ९३ मत गन्दा कोइरालाले २४सय ४२ मत ल्याउनु भएको छ । त्यस्तै एनपी सावदले १८९६ मत ल्याउनु भएको छ ।

ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालय भइरहेको केन्द्रीय सदस्यहरुको मत गणनाको परिणाम आजै बेलुकासम्म आइसक्ने कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा खुलातर्फ ३५ जना महाधिवेशनबाट निर्वाचित हुनेमा ९९ जनाले प्रतिस्पर्धा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ