एमसीसी बारे साझा धारणा बनाउने र संसदको अवरोध हटाउने विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत अन्य दलका नेताहरु सहभागी छन् ।
सर्वदलीय बैठक अघि गठबन्धनका पाँच दलका नेताहरुबीच छलफल भएको थियो ।
दलहरुबीच तत्काल साझा धारणा तयार नभएकाले एमसीसीबारे आज पनि ठोस निर्णय हुने संभावना भने कम देखिएको छ ।
यसै गरी संसद अवरोधको विषयमा पनि स्वयं एमाले बैठकमा नआएकाले सहमति हुने संभावना देखिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline