नेपालगञ्ज। नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी वलीका कारण कम्युनिस्ट पाटी पुनः गठन गरेको बताएका छन् ।
एकीकृत समाजवादी पाटी निकट अनेरास्ववियु लुम्बिनी प्रदेश प्रथम भेलाको वन्दशस्त्रलाई सम्वोधन गर्दै नेता चौधरीले केपी वलीले नेतृत्व गरेको पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीको रुपमा एकीकृत समाजवादी पार्टी पुनः गठन गरेको वताए ।
उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पाटीको नेतृत्व समेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणिले केपी वली पाटीले आगामी निर्वाचनमा जनतासगँ मत माग्ने नैतिकता समेत गुमाएको वताए । अब केपी वलीले नेतृत्व गरेको पाटी चुनावमा हामीलाई विजयी वनाएर पठाउनुस हामी पटकपटक ससंद विघटन गरेर देखाउछौ भन्दै भोट माग्छन त उनले भनेञ त्यसकारण केपी वली पाटी नेपालवाट छिट्टै विलय भएर जान्छ ।
उनले कम्युनिस्ट पाटीको नाम वेचेर झापावाट पटकपटक निर्वाचन जित्ने केपी वलीले अवको निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनौती दिए । पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता मेटमणि चौधरीले देशभर पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहेकाले एकीकृत समाजवादी पार्टी नेपालमा कम्युनिस्ट पार्टीकै सवैभन्दा ठुलो पार्टी वन्ने दावी गरे । अनेरास्ववियु लुम्बिनी प्रदेश भेलालाई पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,शहरी विकास मन्त्री रामकुमारी झाक्रि, भागवत विश्वासि लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।