एमालेमा १० बुदे सहमति र १० भाईको चर्चा खुब भयो र भइरहेको छ । तर दश भाइ मध्य योगेश भटटराई लगायतका केही नेता लगभग अध्यक्ष ओलीसँग विलिन जस्तो भएका छन् । उनीहरु त्यो सहमति जस्ता विषयमा विमति राख्ने अवस्थामा देखिँदैनन् ।
तर भीम रावल र घनश्याम भुषाल भने पाटी भित्र अध्यक्ष ओलीको एकाधिकारपूर्ण निर्णय र प्रस्तावहरुको बिपक्षमा उभिँदै आएका छन् ।
हालै एमालेले सल्लाहकारमा जिम्मेवारी दिने भने पनि भीम रावलले त्यो पनि नबस्ने भनिसकेका छन् । रावल र भुषाल अध्यक्ष र उपाध्यक्षमा चितवनको मंसीर १० देखि १३ सम्म भएको महाधिबेशसनमा निर्वाचनमा लडेका थिए र पराजीत भए ।
यस्तोमा अध्यक्ष ओलीसँग असहमत राख्ने माधव नेपालको नेतृत्वमा अलग्गै पार्टी बन्दा समेत नेपालको साथ छाडेर एमालेमै बसेका तीनै दश मध्य भुषाल जस्ता अन्य केही नेताहरु एमालेमै बसेर ओली बिरुद्ध संघर्ष गर्ने मनशायमा रहेका छन् ।
उनीहरु जति पेलिए पनि जति हेपिए पनि एमालेमै रहने र ओली बिरुद्ध लडिरहने मनशायमा रहेको बताउने गरेका छन् ।
पछिल्लो समय एकीकृत समाजवादीका नेताहरुले महाधिवेशन पछि अनौपचारीक रुपमा भेटघाट गर्दै अब एमालेमा के बस्नु हुन्छ यता आउनुस् भन्दा उनीहरुले त्यसरी बताउने गरेको एकीकृत समाजवादीका एक पदाधीकारीले दाबी गरे ।
तपाईहरु गर्दै गर्नुस्, हामी अन्तिम सम्म ओलीसँग लडिरहन्छौँ भुषालको भनाई उद्धत गर्दै ती नेताले दाबी गरे ।
पछिल्लो समय ओलीले आफ्ना बिरुद्ध लाग्ने वा उभिनेलाई पाखा लगाँउदै गएका छन । अहिले ओलीले पूर्व एमाले वा एमालेमै बसेका माधव पक्षका नेता भन्दा पनि पूर्व माओवादी समुहलाई बढी नै महत्व दिएर च्यापेका छन् । त्यसले एमाले भित्र नयाँ अन्तरविरोध देखा परिरहेको छ । सात उपाध्यक्षमा बादल तेसो बरियतामा छन भने सचिव टोप बहादुर रायमाझी र लेखराज भट्ट पनि अग्रपँक्तिमै छन् । जहाँ टंक कार्की जस्ता नेताको मुल्याकंन नभएको गुनासो बढेको छ ।
त्यसै गरी माफिया भनेर विरोध खेपेका दुर्गा प्रसाई सम्म पनि ओलीको मनोनयमा परेपछि रुष्टता बढेको छ ।
यसैबीच, उच्च स्रोतले दिएको जानकारी अनुसार अब भीम रावललाई ७४ मा बामदेवको हालतमा पुर्याउने भन्दै सूर्य थापा लगायत केही नेता लागि परेका छन् । उनीहरु महाधिवेशनमा पनि भीम रावल र भुषालहरुलाई आउनै नदिने रणनीतिमा थिए भने आउने निर्वाचनमा पनि उनीहरुलाई जीत्न नदिन थापाहरु लागि परेको पूर्व माधव समुहका एक नेताको जिकिर छ ।
७४ सालमा वामदेवलाई जसरी पनि हराउनु पर्छ भनेर सूर्य थापाहरु लागि परे, अहिले भीम रावलहरुलाई आउन दिनु हुँदैन भन्दै लागिपरेका छन् । एउटै पार्टी भित्र यो के हुन थाल्यो ती नेताको प्रश्न छ ।
यस्तो रबैया रहिरहे र एकतावद्ध एमाले नबने आगामी निर्वाचनमा बहुमत ल्याउने कुरा हावादारी मात्रै साबित हुने ती नेताको दाबी छ ।