केकी अधिकारीको जन्मदिनमा ‘सिल्ली फो’को इन्डक्ल्याप

केकी अधिकारीको जन्मदिनमा ‘सिल्ली फो’को इन्डक्ल्याप

  • शुक्रबार, पुस २, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २ पुस । अभिनेत्री केकी अधिकारीको शुक्रबार परेको जन्मदिनको अवसरमा उनी अभिनित फिल्म ‘सिल्ली फो’को इन्डक्ल्याप गरिएको छ । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको केही समययता नेपालगञ्ज आसपास छायांकन भइरहेको थियो ।

निर्देशक सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पूरा गरेको बताए । फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय छ ।

यही फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर विष्ट सहनिर्माता रहेको फिल्ममा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी