केसीको हलिउड फिल्म ‘फाइट अफ फरी-२’को फस्टलुक सार्वजनिक, नेपालीमा पनि डब गरिने

केसीको हलिउड फिल्म ‘फाइट अफ फरी-२’को फस्टलुक सार्वजनिक, नेपालीमा पनि डब गरिने

  • शुक्रबार, पुस २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २ पुस । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि केसीको हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ ।
सन्नीकै कथा र निर्देशन रहेको फिल्ममा हलिउडका कलाकारको पनि अभिनय छ । उनी फिल्मका प्रमुख अभिनेता हुन् ।

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरेका कलाकार बब वाल, लियो फोङ, जो माइकल, एम एम ए फाइटर लगायतका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमासमेत प्रदर्शन गरिने शन्नीले बताए ।

एक्सन जनराको यो फिल्मले मानव बेचबिखनविरुद्धको कथालाई उठान गरेको छ । यो फिल्मलाई हलिउडका थिएटर तथा ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज गरिनेछ ।

शन्नीले बलिउडका गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरिसकेका छन् । उनले केही समय अघि नेपाली फिल्म ‘गोर्खा रक्षक’मा पनि काम गरेका थिए । उनले ‘जाहवाज’, ‘गैरकानुनी’, ‘प्यार कर के देखो’, ‘हत्या’, ‘दुश्मन’लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी