कटारी पुष १। उदयपुरको कटारी नगरपालिका स्थित वडा नं २ को सिमानपुर मा हात्तीले घर भत्काईदिएपछि स्थानीय पीडितको घरमा राहत बोकेर मेयर ज्ञानेन्द्र श्रेष्ठ पुगेका छन् । मेयर श्रेष्ठले हात्तीले क्षति पुर्याएको खबर आउनासाथ लत्ताकपडा, चामल, चिउरा लगायतका प्राथमिक राहत सामाग्री लगेर वितरण गरेका हुन् ।
जंगलबाट बस्तीमा मध्यरातमा प्रवेश गरेको हात्तीले चन्द्र मगर र,पदम राई र काले मगरको घर भत्काउनुका साथै क्षति पुर्याएको थियो ।
हात्तीको हुल पसेर धमाधम घर भत्काउन र क्षति पुर्याउन थालेपछि स्थानीयवासी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यलयका कर्मचारी मिलेर लखेटेका थिए । हात्ती पुनः फर्किएर घर भत्काउन सक्ने त्रासमा जनता रातभर जाग्राम बसेका थिए ।
मेयर श्रेष्ठले क्षतिप्रति दुखः व्यक्त गर्दै आगामी दिनमा थप राहतको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाए । समूहगतरुपमा गाउँ प्रवेश गर्ने हात्तीले बर्षेनी सर्वसाधरणको ज्यान लिने, अन्नवाली र घरमा क्षति पुर्याउने गरेको स्थानीयको भनाइ छ ।