बिराटनगर, पौष १ गते । सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । मंसिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका–६ स्थितमा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाईकल चालक भोक्राहा–८ का २१ बर्षिय सराज आलम, पछाडि सवार २३ बर्षिय ईरसाद आलम र महपुज आलम समेत घाईते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्याईएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे रिषिदेवको मृत्यु भएको हो ।
त्यसैगरी मंसिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका(७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र बिपरीत दिशाबाट आउदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका-६ का ३३ बर्षिय सन्तोष राई र पछाडि सवार ४० बर्षिय चन्द्र बहादुर राई घाईते भई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड पुर्याईएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुबै जनाको मृत्यु भएको हो ।
बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका–६ का ३१ बर्षिय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।