सुनसरी, मंसिर २३ गते । सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।
सुनसरीको ईनरुवा नगरपालिका–३ स्थितबाट जिल्ला प्रहरी कर्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राह नरसिंह-५ का २० बर्षीय सरोज मन्सुरी र २१ बर्षिय हारुण मन्सुरीको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी बिशेष सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका-४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागु औषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित टिका राई र सोहि स्थानका १९ बर्षिय धनकुमार राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline