अनुपम फुडल्यान्ड बैठक साझा उम्मेदवार तय गर्न असफल, चाक्सीबारीमा दिउँसो ३ बजे फाइनल छलफल

अनुपम फुडल्यान्ड बैठक साझा उम्मेदवार तय गर्न असफल, चाक्सीबारीमा दिउँसो ३ बजे फाइनल छलफल

  • बुधबार, मंसिर २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, २२ मंसिर । अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको छ ।

बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा।शशांक कोइराला उपस्थित थिए । पछि पौडेल बाहिरिएका थिए । छलफलमा प्रकाशमान सिंह र शेखर कोइराला भने सहभागी थिएनन् । तर, सो भेलाले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेन ।

अब चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो पौडेल, सिंह, शशांक र शेखरबीच छलफल हुने भएको छ । सो छलफललाई फाइनल भनिएको छ । यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ