चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन : ओली

चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन : ओली

  • मङ्लबार, मंसिर २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले न्यायाधीश, राजनीतिक दल र कानुन व्यवसायीको आ(आफ्नै स्वार्थ भएकाले न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना आफूले नदेखेको बताएका हुन् ।

ुन्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना मैले देखेको छैन । किनभने तपाईं हामी कति तयार छौं भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीतिक दल पनि सच्चिनुपर्नेछ । न्यायाधीश पनि सच्चिनुपर्ने छ । अधिवक्ताहरु, बार पनि सच्चिनुपर्ने आवश्यक देख्छु,ु उनले भने ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरालाई हटाएर यो यो फैसला गराउने भनेर न्यायाधीश, एमिकस क्युरी, एकपक्ष वकिल बसेर तय गरिएको भन्दै यसरी न्यायलय नसच्चिने पनि बताए । ुअस्ति न्यायाधीश, एमिकस क्युरी र एकपक्ष वकिल बसेर जे तय गरेको छ, त्यो विरोधाभाष कुरा भयो । त्यसले कसरी सच्चिन्छ रुु उनले प्रश्न गरे ।

उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । ुयो अभियानलाई पूर्णता दिउ । न्यायलय सुधारका २० प्रतिशत कुरा उठाउनुभयो । १०० प्रतिशत बनाएर आउनुस्,ु उनले भने ।

ुमहाभियोगमा देउवा(प्रचण्ड नै तयार छैनन्ु

अध्यक्ष ओलीले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सत्ता गठबन्धन नै तयार नभएको पनि स्मरण गराए । गठबन्धनका एक जना नेता ९प्रचण्ड०ले प्रधानन्यायाधीशले कुनै लेनदेन नगरेको, कांग्रेसको कोटाबाटै मन्त्री ९गजेन्द्र हमाल० भएको स्पष्टीकरण दिएकाले राजीनामा दिनुनपर्ने तर्क गरेको उल्लेख गर्दै ओलीले भने, ुचोलेन्द्रजी राजीनामा दिन्न । संवैधानिक प्रक्रियाअनुसार जसरी आएको हो त्यसरी नै जान्छु भन्नुहुन्छ । शेरबहादुर जी भन्नुहुन्छ, मलाई प्रधानमन्त्री बनाएको छ, कसरी निकालौं रुु

ओलीले सत्ता गठबन्धन नेता नै तयार नभएकाले कसरी महाभियोग अघि बढ्छ भनेर प्रश्नसमेत गरे । तपाईहरुको महाभियोग कसरी दर्ता हुन्छ, उहाँहरुले त कांग्रेसकै कोटाबाट मन्त्री बनेको हो, प्रधानन्यायाधीशले किन राजीनामा गर्ने भनिरहनुभएको छ । गठबन्धनका नेता ९प्रचण्ड०, प्रधानमन्त्री नै भनिरहनुभएको छ, ओलीले सोधे ।

महाभियोगमा एमाले बाधक बनेको भन्ने पारिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, हामी पनि बाधक छौं भन्ने परेको छ । केही साथीहरु डबल गेम खेलिरहेको छ । हामी गम्भीर छौं । भित्रबाट भन्ने हो भने मसँग दुइ तिहाइ छैन । एकतिहाइ मात्रै हो । हामी निर्णायक होइन । कोही पनि एक्लै निर्णायक छैन ।

ओलीले न्यायाधीशहरुको भूमिका स्वच्छ र निष्पक्ष नरहेको भन्दै न्यायलय सच्याउने कुरामा पूर्ण रुपमा आउन वकिलहरुलाई सुझाव दिए । न्यायलय सच्चिन जरुरी छ । न्यायिक भूमिका भइराखेको छैन । श्रीमानहरुको भूमिका जस्तो हुनुपर्ने त्यस्तो भएको छैन, उनले भने ।

निष्पक्ष र स्वच्छ न्यायलयले मात्रै न्याय दिने भन्दै ओलीले निष्पक्षता कुरा बारले नउठाएको भन्दै गुनासो गरे । न्यायिक क्षेत्र अहिले ध्वस्त भएको भन्दै यस स्थितिबाट न्यायलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन आफूहरुले चाहेको बताए । अहिलेको अवस्था न्यायिक स्वतन्त्रता दुरुपयोग गरेर आयो । सदुपयोग हुनुपर्‍यो । साच्चै स्वतन्त्र हुनुपर्‍यो । न्यायमूर्ति निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनुपर्‍यो । स्वच्छ र नैतिकता हुनुपर्‍यो, उनले भने ।

उनले परमादेशको फैसलामा सेटिङ भएको भन्दै असन्तुष्टि पोखे । अमेरिकाबाट न्यायाधीशले संविधानबाट ओलीलाई हटाउन नसक्ने भएकाले आउट अफ ट्रयाकबाट हटाएको इमेल, गठबन्धनका नेताले न्यायाधीशहरुको बचाउ गरेको र मानपदवीबाट विभूषित गरेको घटनाले लेनदेन प्रष्ट भएको उनको दाबी थियो ।

ुश्रीमानहरु संविधानबाहिर गएर फैसला गरेको भन्नुहुन्छ यो कुरा कतिको न्यायोचित हुन्छ । म कसै व्यक्तिको स्वार्थका लागि जीवन समर्पण गरेर आएको हैन । लोकतान्त्रिक मूल्य मान्यता हुनुपर्‍यो । न्यायलयले कति ठाउँमा आफ्नो सीमा भत्कायो । बार नाघ्यो रुु उनले प्रश्न गरे ।

७६ अनुसार प्रधानमन्त्रीलाई बहुमत पुग्छ कि पुग्दैन राष्ट्रपतिले हेर्ने हो । अदालतले परमादेश दिएर संविधान संशोधन गर्ने ? संशोधन गर्न पाइन्छ ? यति गते, बजे गर यस्तो गर भनेर भन्ने हो अदालतले ?  विघटन राजनीतिक मुद्दा हो । बहस राजनीतिक भयो । तर फैसला पनि राजनीतिक हिसाबले आयो । राजनीतिक हिसाबले आउनु हुन्थेन । अब सच्याउनु पर्छ । यदि फैसला सहि थियो भने किन लेनदेन गर्नुपर्‍यो । अहिलेको रिफ्लेक्सन सत्ता गठबन्धनले तथाकथित पाएको फैसलाको परिणाम हो । न्यायमूर्तिको ड्राफ्टले नै लेनदेन गरेको खुल्यो, उनले आक्रोश पोखे ।

ओलीले अधिवक्ताहरुलाई सुझाव पनि दिए, तपाईहरुको शैली विद्धानहरुले चलाउने अभियानको खालको हुनुपर्छ । कहिले काहीँ बेग्लै दृश्य देखियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी