दुर्लभ जेठामनको ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक

दुर्लभ जेठामनको ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक

  • आइतवार, मंसिर १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

खोटाङ, १९ मंसिर । साहित्य तथा संगीत स्रष्टा दुर्लभ जेठामन ९हिरनकुमार राई०को लोकभाका ‘जोवन बैना देऊ’ बोलको लोकभाका सार्वजनिक भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका(२ ताम्लिछा प्याखोलाका दुर्लभ जेठामनले पश्चिमेली कौडा लोकभाकाको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

कौडा लोकभाकाको म्युजिक भिडियो काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई ९व्याकुल माइला०ले विमोचन गरेका छन् । पृथक् स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतमा दुर्लभ जेठामन र ‘द भ्वाइस अफ नेपाल सिजन(३’को उपविजेता तारा श्रीष मगरको स्वर छ । कुमारी बाँठा मगर ९मनु०ले लेखेको गीतमा स्वयं गायक दुर्लभ जेठामनको संगीत समेटिएको छ ।

म्युजिक भिडियोमा अनुप राना, प्रिया घर्ती मगर र अञ्जली गुरुङको अभिनय देख्न सकिन्छ । निम संगीतको एरेञ्ज र केशु पुन मगरको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो । गीतका लागि एड्भेञ्चर इन्टरटेनमेन्टले दृश्यानिर्माण, दुर्गा पौडेलको छायांकन र नवीन घर्ती मगरको सम्पादन छ ।

म्युजिक भिडियो विमोचनका क्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाले पूर्वेली संस्कार र संस्कृतिमा हुर्किएका दुर्लभ जेठामनले जोखिम मोलेर पश्चिमेली लोकभाका कौडाको गीत तयार पारेको प्रतिक्रिया दिए । दुई दशकदेखि साहित्यमा दुर्लभ जेठामनले परिचित राई गीत, संगीत र गायनमा पनि उत्तिकै क्रियाशील छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी