कक्षा १२ को परिक्षाको नतिजा ढिलो नगरी सार्वजनिक गर्न शिक्षा मन्त्रीको निर्देशन

कक्षा १२ को परिक्षाको नतिजा ढिलो नगरी सार्वजनिक गर्न शिक्षा मन्त्रीको निर्देशन

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन निर्देशन दिनुभएको छ । अनुगमनका गर्न बोर्डको सानोठिमीस्थित कार्यालयमा आज पुग्नुभएका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

“परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ”, उहाँले भन्नुभयो, “यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुस् ।” परीक्षा बोर्डमा भएका समस्याको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभयो । “जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आइटी पूर्वाधारलगायत समस्या छन्”, मन्त्री पौडेलले भन्नुभयो, “यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुृस्, छलफल गरेर समाधान गरौँ ।”

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिनुभयो । उहाँले कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । किताब समयमै विद्यार्थीको हातमा पु¥याउन शिक्षामन्त्रीको निर्देशन यसैबीच मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पु¥याउन निर्देशन दिनुभएको छ । आज अनुगमनका लागि त्यहाँ पुग्नुभएका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पु¥याउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले पुराना मेसिनको तथ्याङ्क सङ्कलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिनुभयो । “कहिलेका मेसिन हुन्, त्यसको तथ्याङ्क ल्याउनुस्”, उहाँले भन्नुभयो, “तथ्याङ्कपछि नयाँ मेसिन खरिदका लागि अर्थ मन्त्रालयलाई भनौँला ।” मन्त्री पौडेलले एक कक्षादेखि १२ कक्षासम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताउनुभयो । जनक शिक्षाले गुणस्तर छपाई, सबै पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पु¥यानुपर्ने बताउनुयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी