तिमी गर्भे हुँदा
तिम्रो दाई र भाई हुँदा
धरती मा तिमी ओर्ले पछी
एक पटक
कहिले
तिमीले तिम्री आमा सँग सोध्यौ ?
आमै तिम्रो पेटमा नौ महिना
अनी निक्लदा
तिम्रो मुटु फुटालु झै गर्दै
यो संसार मा टेक्दा
दाजै ले देको पिडा र मैले दिएको पिडा मा केही फरक थियो ?
सोधेनौ शायद
ऐले म तिमी सँग सोध्छु
तिम्रो छोरा जन्मिदा र छोरी जन्मिदा को पिडा मा फरक के थियो ?
थियो र ?
होला खशी र फर्सी सँग तोल्दै
तिम्रो गर्भ को खिल्ली उडाये होलान्
छोरा जन्मिदा हर्स र छोरी जन्मिदा निन्याउरो अनुहार झुल्के होलान्
कत्तिले भाग्य र कर्मको फल दोश देखाएर होलान्
तिम्रो मन कैले कुँदिने
र कैले खुशी ले कुर्ले होलान्
छोरा वा छोरी को आश र त्रास मा
प्ररम्भ का गर्भे पिडा वाक वाक गर्दा
प्रशब पिडा मा
जीवन मरन एक हुँदा भने
एक बाँजी सोचे होला तिमीले
बरु सोतर पारे कसैले टिपे यो पिडा म नतमस्तक हुन्छु होइन र ?
तब फरक के रैछ त ?
आखिर पिडा उस्तै
कथा र ब्यथा उस्तै
फेरी पनि
छोरी मात्र तिम्रो लागि भार किन ?
के छोरी गल्गाँड हो र ?
त
तिमी मन्छाउने र पंछाउने कुरा किन गर्छौ ?
के तिम्रो छोरी तिमीलाई निबेदन दिएर
तिमीले जन्माएको हौ र ?
लेख्ने हो भने
रामायन बन्ला महाभारत र स्वस्थानी कोरिएला
फगत आज लाई येति मै
म पनि छोरी
बस एती मै तुङ्ग्याउ