” फेसबुक को फ्रेन्ड रिक्वेस्ट “

” फेसबुक को फ्रेन्ड रिक्वेस्ट “

  • सोमवार, कार्तिक २२, २०७८
  • पदमकुमार श्रेष्ठ

  • 19.8K
    SHARES

” मेरो नाममा बिहेको कार्ड आएको भए मिले सम्म बिहेमा आउने थिए अनि धित मरुन्जेल हेर्ने थिए; मन साटियो उनी गईन तर पर्खिरहे “। कमेन्टहरु गोली बर्से जसरी बर्सिन थाले,थुप्रै लाईकहरु आए। म्यासेन्जरमा कल र म्यासेजहरु आईरहे,कसैको जिज्ञासा थियो कसैको त्यसमा केहि लाईन थप्दै पोस्ट गरेका थिए जुन उसको लागि खर्चेको अन्तिम स्टाटस थियो। हरेक स्टाटस पोस्ट गर्ने बित्तिकै केहि न केहि लाईन सहित उपस्थिती जनाउने उनलेे लामो समय सम्म पनि केहि देखिएन।

फेसबुक,सामाजिक संजाल त्यतिबेला सबैको रोजाइ र कसैको खोजाई बनिरहेको थियो। कयौं सम्बन्धहरु जोडिए,कयौं तोडिए त कयौंको यसैबाट तोडाईएका,छोडाईएका दृश्टान्तहरु पेश गरिरहनुपर्ने देख्दिन तर पनि लत बन्दोरहेछ हरेकको आफ्नो सिमाना पार गरेपछि। एउटा नसामा देखिएको स्वाद,नभई पनि नहुने भए पनि नहुने, तर पाए सम्म धेरै नै चाहिरहने। सुरु सुरुमा एकछिन खोल्यो हेर्यो तर बिस्तारै संसार नै यहि ठानेर झुन्डिरहने,खोल्यो फेरि बन्द गर्यो अनि अपडेट हेर्यो। बिस्तारै फेसबुक प्रयोग गरेको मान्छेलाई फेसबुकले नै प्रयोग गर्न थाल्यो।

अब त फेसबुक चलाउन कम गर्नुपर्यो भनेर ओछ्यानमा पल्टिएर सोच्दै थिए। अकस्मात अपरिचित केटिको चिने जसरी फ्रेन्ड रिक्वेस्ट आयो। नजाने गाउँको बाटै नसोध्नु भन्दै ‘ नट नाउ’ बटन थिचिदिए। त्यसको लगत्तै म्यासेज आएको देखे। लेखिएको थियो- मैले तपाईंको नाम खोज्नै एक महिना लाग्यो। जे होस् भेटे। धेरै सुनेको थिए अरुबाट तपाईंको बारेमा अनि रिक्वेस्ट पठाए। के म साथी बन्न सक्छु नि? आफुलाई त्यसरी म्यासेज नै आएपछि के भाउ खोजिरहनु जस्तो लागेकोले ‘स्योर ‘ लेखिदिए। तुरुन्तै फेरि रिक्वेस्ट आयो र एसेप्ट गरे। सायद,अनलाईन नै रहिछन् र त आयो जवाफ- थ्याङ्कियु , अब हामी साथी भइम भन्दै स्माईल्ली पठाईन। जवाफमा मैले उत्तर दिदै भने- ठिकै छ नि,खुशी लाग्यो साथी ।

फेरि अर्को दिन यसै गरि छोटो मिठो कुरा हुन थाल्यो। एकदिन भनिन – तपाईंको स्टाटस त खत्रा-खत्रा पोस्ट हुन्छ,कतै आफ्नै भोगाइ त होईन नि? त्यति गहिरो शब्दहरू कहाँबाट खोज्नु हुन्छ क्या ? तैपनि मलाई त एकदमै मनपर्छ, कमेन्ट गर्न आउदैन त्यसरी त,त्यसैले रेडिमेड पठाईदिन्छु भन्दै हा..हा..गर्दै हास्छिन। कति दिन उत्तर नफर्काई बस्न सकेछु तर कति कन्ट्रोल गर्नु, मेरो नि मनै त हो । बिस्तारै छोटो- छोटो रिप्लाई दिन थाले अनि भने- खै त पढ्ने मात्रै ? हाम्लाई नि कमेन्टको उत्तर दिने मौका कहिल्यै मिल्ला जस्तो त देखिन साथी यो जुनिमा। उसको उत्तर फेरि यस्तो कमेन्ट गर्यो भनेर रिसाउन पाईदैन नि प्यारो मान्छे,ह्वास। हुदाहुदै बानि परिसकेछ,म्यासेज , कमेण्ट नआउँदा एक्लोपन फिल हुने, भैसकेछ,फेसबुक खोलेर पुगेन,उसकै उपस्थिति हुनैपर्ने,उसै सङ्ग बोल्नुपर्ने नसा अरुको उपस्थितिले पूरा हुन,खुशी हुन भुलिसकेछु।

केहि क्षण ढिलाइ हुँदा उसको चियो गर्न थाल्ने भैसकेथे। प्रोफाईल हेर्ने,कमेन्ट गर्ने,लाईक गर्ने, कहिलेकाही त एकै पटक थुप्रै फोटाहरुमा लाईक गर्दिन्थे अनि भन्थिन – के गर्नु भाको एकै पटक त्यत्रो लाईक त्यो पनि एउटै मान्छेको । तर पनि उसको एउटा फोटो असाध्यै मनपर्छ,शिर निहुरिएर फोन चलाउदै गर्दाको पिङ्क टप्स। घरिघरि कमेन्ट गर्दै उसको रेसपोन्स कुर्ने बानी अनि बिस्तारै उसको सुन्दर तस्बिरबाट आउने चुम्बकीय शक्ति सहितको शब्द बाणले कहिले काहीँ ठाउँमा छुने।

                               लेखकः पदमकुमार श्रेष्ठ

बिस्तारै उनिमा आफुलाई निर्भर भएको पाउन थाले। यसरी कुरामा मात्रै सिमित हुनुभन्दा यसको लिमिट तोड्दै फोन नम्बर माग्दा दिन मानिनन। भेट्न खोजे अस्वीकार गरिन। आफुलाई झन असहज महसुस भएको अनुभुति बढन थाल्यो। कुरा गर्दा समय बितेको पत्तै हुन छाड्यो र एकदिन आफुलाई बिसन्चो भएको जानकारी म्यासेजमा छाडे। त्यसपछि उसले फोन नम्बर मागी र फोन गरि र भनी ल भन्नू के भयो खासमा? अस्पतालमा बिरामी भएर भर्ना हुँदा डाक्टरले नि यति बिस्तृत रुपमा सोधेको थिएन होला। अनि थपि यस्तो बिरामी हुने मान्छेले मलाई भेट्न सक्छ त? हजारौं भिडहरुको आवाजमा उसको एकल आवाजले किन सब चिज ठिक हुन्छ? थाहा छैन,न त भेटघाट नै भएको छ। यात्रामा कहाँको मानिसलाई कहाँबाट कसरी नजिक बनाउदो रहेछ। उसको फोन आयो – बसन्तपुरको रुफ टप मा भेट्ने निर्णय भयो।

समय भन्दा केही ढिला गरि आईन। बिस्तारै कफिको तालमा कुराहरू हुन थाले। बसन्तपुरको छेउमा भएकोले तलको दृश्यहरु सजिलै सङ्ग देख्न सकिन्थ्यो । उसको घरायसी हालखबर सोधपुछ पछि बिस्तारै आखाहरु एक आपसमा जुध्न थाले। सबैको बिहे भैसकेको र अब आफ्नै पालो भन्ने आशय मुस्कुराउदै भनिन् । त्यसै बिच प्रेम प्रस्ताव राखियो अनि उत्तरमा स्वीकार गर्दै अब बिहे कहिले गर्ने? पालो मेरै हो त भन्थी। कुनै अबरोध सहजै स्वीकार गर्नुले अब संसार जिते जस्तो लाग्यो। उसको अनुहार पनि चम्कन थाले लाग्यो हामी दुईको खुशि अनि जित यहि हो। प्रेममा आउने खुशिले शरीरमा उर्जा थप्छ, रातभर पढ्ने जागर बढाउछ,सबै खुशियालिमा दिन रमाईलो बन्छ।

यसै गरि सम्बन्धले एक बर्ष पार गर्यो। उ सङ्ग कहिले गोदावरी,ह्वाईट गुम्बा,स्वयम्भू,गार्डेन अफ ड्रीम्स, टौदह, किर्तिपुर,नगरकोट,धcouple,पोखरा,सौराहा लगाएतका रोमाञ्चित कहानी थुप्रै छन् । उ सङ्गको सामिप्यताले सारा दु:ख पिडाहरु बिर्साईदिन्थे। उसको कोमल ओठलाई चुम्दै हातका चालहरुले आफ्नो गन्तव्य चयन गर्दा जवानिका लक्ष्यणहरु प्रदर्शन भैरहदा उनिको आवाजमा, आखामा एउटा छुट्टै प्यास देखिन्थ्यो ; सहायद स्वर्ग यहि हो। फिजिकल रिलेसन सिपको कुरा गर्दा आँखा तर्ने मान्छे आफैले प्रस्ताव राख्दा अघोषित प्रेमको तिर्खा उनमा पनि रहेछ भन्ने लाग्थ्यो। पछि पछि जब उसमा चाह हुन्थ्यो उनिले सङ्केत जनाईहाल्थिन। यसै गरि कयौं दिनहरु रातहरु घर बाहिर नै बित्थे। पहिलो सम्बन्ध पछि नै होला, उनि म सङ्ग अझ खुलेर कुरा गर्न थालिन् । प्रेमको माईलेज बिस्तारै बढ्दै थियो अकस्मात फोन गरिन र भेट्न भनिन् ।

उसको भेट अनुसार- अङ्कलको मार्फत बिहेको लागि केटा हेर्न आएको रहेछ। क्यानडाको पिआर,सबै परिवार चाहिँ क्यानडा बसोबास गर्ने। मेरो उच्च शिक्षाको गन्तव्य पनि क्यानडा र अर्को महिना बुबा आमा सहित कुरो अगाडि बढाउन बोलाउने भन्ने जानकारी आए सङ्गै मैले अहिले बिहे नगर्ने, अझै २बर्ष गर्दिन भने।

मन थोरै हल्का भयो। अनि बिचमा थप्यो- म यहि बस्ने हो भने बिहेको कुराहरू आउँछ बरु अब पढ्नको लागि बाहिरै जानुपर्ला। एक दुई बर्ष सजिलै बितिहाल्छ। बरु अहिले यु के अङ्कल सङ्गै जान्छु अनि एक/ दुई महिना बसेर फर्के पछि हामी दुबै जना क्यानडा जानुपर्छ। यतै बस भन्नुभयो भने बस्न मन लागेन भन्दिन्छु। अङ्कल र बुवा आमाको पनि मन राखिदिन्छु,नाई भन्नुभन्दा नि।

भोलि उनी उड्दैछिन। आज हाम्रो बिदाई भेट। बसन्तपुरको त्यहि क्याफे। मन भारी भैरहेको थियो,शरीरमा जोश,जागर त्यति थिएन। किनकी यो हाम्रो पहिलो क्षण थियो कि बिदाई गर्नु। सदा झै म गए,कुरिरहे तर भेट नभै घर फर्के। साझ तिर उसको फोन आयो- सरि ल! आज आउन सकिन भन्दै रुन थाली। तपाईलाई भेट्ने समयमा घरमा भेटघाट कार्यक्रम राखिएको रैछ। निस्कनै लाग्दा गेटमा भेट भयो। फेरि फर्कनु पर्यो। त्यही बिहेको प्रस्तावको लागि अनि फेरि अस्विकार गरिदिए। यहि बस्नुभयो। दिन भर मन दु:खी बनाउदै बसिरहे।

भोलि त उनी नेपाल छाड्दैछिन तर आफुले संसार छाडुला जस्तो भै सक्यो। रुदै भन्दै थिईन- हामी फोनमा,म्यासेन्जरमा कुरा गरौला। म छिट्टै आउछु। एअरपोर्टमा छुट्टिने बेलामा “आई विल बि ब्याक सुन” भन्दै आँखा पुछ्दै बिदाईको हात हल्लाईयो।

एउटा मान्छेको मायाले कति फरक पार्ने रै’छ जिउनुमा। कलेज गयो पढ्न मन लाग्दैन। भर्खरै गएकोले खबर गर्न नभ्याएको हुन सक्छ भन्दै मनलाई सम्झाए। करिब एक हप्ता पछि उसको फेसबुक देखिएन,डियाक्टिभेट गरे जस्तो लाग्यो। फोन त गर्न सक्थी नि भन्ने लाग्यो। हप्ता हुँदै महिना बित्यो,दुई महिना पनि बित्यो तर अह! उसको खबर पाउन सकिन। उसका यादहरुले नराम्ररी तड्पायो,सम्झनाले पोल्न थाल्यो,आफुलाई जिउदो छु जस्तो पनि लाग्न छाड्यो तर श्वास चल्छ। बोली फुट्छ तर बोल्ने को सङ्ग? नेपाल हुदा मेरै अङ्गालोमा कसिएर बोल्ने उनी आज कहाँ के गरेर बसेकी छिन् ,उनैलाई थाहा होला। कतै त्यही केटासँग बिहे त गरिनन?

प्रेमले मलाई दिनहुुँ गलाउदै लग्यो,जलाउदै लग्यो। उसको ओठमा रमाउने यी ओठहरु स्पर्शको अभावले पट्पटी फुट्न थालिसकेछ। उसका शरीरमा सल्बलाउने यी हातका औंलाहरु कलम समातेर उसै सङ्ग बिताएका क्षण्हरुको सम्झनालाई कापीमा लेखिरहेछु। अकस्मात मेरो देब्रे हात फेसबुक तिर दौडन खोज्छ,कर्सर बिस्तारै सार्नु अघि नै २ बर्ष पछि पुन: फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएको देखे। यत्रो समय पछि फेरि रिक्वेस्ट तर किन ??

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी