“नपढेको अनुहार”

“नपढेको अनुहार”

  • शुक्रबार, कार्तिक १९, २०७८
  • बिनोद पौख्रेल

  • 8.4K
    SHARES

यो अबस्य हो
उन्नती प्रगती गर्न
धन संपत्ती कमाउन
धेरै पढनु पर्छ
त्यस्तो पढाई भित्र
किताबका ठेली भित्रका
हरेक पानाहरु पढनु पर्छ
हरेक सब्दहरु पढनु पर्छ
तेसका आकार ईकार
ह्रस्व दिर्घ तल्कुरेहरु पढनु पर्छ
तर जिवन जिउन
किताबहरु मात्र होईन
बाटोमा हिडदै गरेका
हरेक पाईला पढनु पर्छ
त्यो बाटो पढनु पर्छ
हरेक घुम्तीहरु पढनु पर्छ
चडने उकाली पढनु पर्छ
झरने वराली पढनु पर्छ
हिडदा बाटोमा भेटिने
रुख बृक्ष पढनु पर्छ
हरेक पशु पंछि पढनु पर्छ
ति खोला नाला झरना पढनु पर्छ
हुरी बतास र झरी पढनु पर्छ
त्यो आकासमा देखिने
अनगिन्ती ताराहरु पढनु पर्छ
घर भित्र र बाटोमा भेटिने
हरेक मान्छे पढनु पर्छ
तिनको रुप पढनु पर्छ
तिनको अनुहार पढनु पर्छ
तिनका आखा पढनु पर्छ
तिनको चाहना पढनु पर्छ
तिनको भावना पढनु पर्छ
तिनको आशु पढनु पर्छ
तिनको हासो पढनु पर्छ
र तिनले फेरि रहेको
एक मुठि सास पढनु पर्छ
तिनले गरेको आश पढनु पर्छ
तिनिहरु बस्ने बास पढनु पर्छ
तिनीहरुको त्रास पढनु पर्छ
देखिने हरेक यन्त्र पढनु पर्छ
नदेखिने षडयन्त्र पढनु पर्छ
गर्न सक्ने तन्त्र पढनु पर्छ
जप्न सक्ने मन्त्र पढनु पर्छ
जिवन जिउन कहाँ सजिलो छर
सयौ किताब पढेर बिद्वान भएकाहरु
एउटा मन पढन नसकेर
आफ्नै घर भित्र फेल भएका हुन्छन्
दुनिया जितेका बिश्व बिजेताहरु
आफ्नै घर भित्र खेल हारेर
आफ्नै ह्रदय भित्रै जेल गएका हुन्छन
दुनियालाई पढाउनेहरु बिद्वानहरु
स्वयं आफु अनपढ भैदिन्छन्
यस्तै रहेछ जिवन
नपढेको त्यो अनुहार ले
ति पढेका अनुहार पढाई दिन्छन्
आफु रोएर भए पनि दुनिया हसाई दिन्छन् !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी