प्रधानमन्त्री शेरबहादुर देउवाले शासन सत्ता सम्हालेको पनि १०० दिन पूरा भएको छ । सत्ताको बागडोर सम्हालेको हनिमूनपिरियड (मधुमास) समाप्तहुँदासमेत उनले आमजनाताको अपेक्षाअनुसार उल्लेखनीयकेहीगर्न सकेनन् । देउवालाई यसपटक अघिल्ला चार कार्यकालमालागेका आरोपलाई मेटाउने सुवर्ण अवसर प्राप्तथियो तर मधुमाससम्मको गतिविधिको मूल्याङ्कन गर्दा उनले यस अवसरको सदुपयोग गर्न सक्ने लक्षण देखिँदैन । देशकाकार्यकारी प्रमुखको मूल्याङ्कन निजले देश र जनताकापक्षमा गरेका ऐतिहासिकर साहसिककदमकाआधारमागरिनेहो, त्यस हिसाबले पाँचौं कार्यकालकोआजको दिनसम्मलाई समीक्षागर्दा यसपटक पनि देउवाचुक्तैगएका छन्भन्न अफ्ठ्यारो मान्नु पर्ने देखिँदैन ।
देउवा सामान्यअवस्थामाप्रधानमन्त्री बनेका होइनन् । दुई तिहाइको नजिक रहेको जनमतप्राप्तशक्तिशालीकेपीओलीको सरकार तासको घरझैं यति सजिलै ढल्ला भनेर कसैले परिकल्पना गरेका थिएनन््् र गर्ने कुरा पनिथिएन । तरआफ्नै दम्भ र कार्यशैलीले ओलीढले । यसरी ओली सरकार ढलेपछि अनअपेक्षितरूपमा केहीराजनीतिक पार्टीहरूसँगको गठबन्धनको जगमाउभिएर देउवाप्रधानमन्त्रीको कुर्सीमाविराजमानहुनपुगे । देउवाप्रधानमन्त्रीबनिसकेपछि उनलाई स्पष्ट रूपमादुईवटा अवसर प्राप्तथियो । पहिलो, केपीओलीलाई सत्ताच्युत गराउनुको औचित्यप्रमाणित गर्ने र दोस्रो, आफ्नो छवि उजिल्याउने । तर यीदुबै कुरा पूरा गर्न देउवाअसफल सावितभए । उनले आफूलाई मननपराउनेहरूले लगाउने गरेको आरोप मात्रहोइन, पूर्वराजाले लगाएको आरोपसमेत मिथ्याथिएनभनेर प्रमाणित गरिदिए ।
जनताले पूर्ववर्ती केपीओलीकोे बहुमतको सरकारबाट निकै धेरैआशाागरेका थिए । केपीओलीप्रधानमन्त्रीबन्दै गरेका बेलाबनेको उनको राष्ट्रवादी छवि र विचारोत्तेजक भाषण सुनेर मख्ख परेका जनताले उनीबाट विकास, सुशासन र भ्रष्टचारमुक्त समाजको परिकल्पना गरेका थिए । कमसेकमओलीले आफ्नो कार्यकालमाविकास र समृद्धिको एउटा मार्गचित्र कोर्न सफल हुन्छन् र पछि आउने सरकारलाई पनिउनले निर्माण गरेको मार्गचित्र पछ्याउन कर लाग्छ भन्ने ठानिएको थियो । तरओलीले साढे तीनवषर्माविकासको खाका कोर्नमाभन्दाअरूलाई कटाक्ष गर्नमा नै मस्त रहे । उनले बहुमतप्राप्तएकलौटी सरकारको औचित्यपनिसमाप्तगरिदिए । उनकाप्रतिपक्षीहरूको कुरा मान्ने हो भने उनीनयाँतानाशाहबन्ने बाटोतिर गतिशीलभए । जनताको मनमाबनेको उनको छवि धमिलियो । उनले सबैलाई निराशबनाइदिए ।
ठूलो जेटमा दुई पाइलट हुन्छन् भनेर गफदिएपनि प्रचण्डसँगको उनको हातेमालो ओलीकालागिदुर्भाग्यपूर्ण बन्यो । आन्तरिक व्यवस्थापनगर्न नसक्ताकलह बढ्दै गयो र पार्टी फुटको सङ्घारमापुग्यो । दुबैले एकअर्कोलाई प्रयोग गर्न खोज्दाजुँगाको लडाइँ उत्कर्षमापुग्यो । अनि, गाली र आरोपको वर्षा हुनथाल्यो । दुई पाइलटबीच गाली र आरोप यतिहदसम्मभयो कि अन्ततः जेट विमानदुर्घटना ग्रस्त हुनपुग्यो र,यस दुर्घटनासँगै नयाँ सरकारको सम्भावनाको बीजारोपण भयो ।
ओलीले आफ्नै सहयोद्धाहरूलाई पनि साथमालिननसक्ता र अरूदलहरूको पनि साथ जुटाउन नसक्ताउनको सरकार धूलिसात् हुनपुग्यो । यस पृष्ठभूमिमा पाँचदलहरूको गठबन्धनमा शेरबहादुर देउवापाँचौं पटक प्रधानमन्त्रीबन्नपुगे ।
सरकारका १०० दिनलामो र धेरै अपेक्षागर्ने समयावधिनहुनपनि सक्छ तर जुन पृष्ठभूमिमा देउवाप्रधानमन्त्री बनेका थिए, उनले १ दिनपनि त्यसै खेर जानदिननहुने थियो । ओलीकाअसफलताहरूलाई मात्र केलाएर सच्याउनआरम्भ गरेको भए देउवामाआशाका सम्भावनाहरू देखिन्थ्यो ।तर उनले त लगभग ३ महिनासम्मपनिमन्त्रीमण्डललाई पूर्णतादिनसकेनन् ।बाहना जे पनिहुन सक्छ तर यो आलोचनाको भारी देउवाको काँधमाआइपर्ने छ ।तीन महिनापछि बल्लबल्लबनेको मन्त्रिपरिषदमापनिविवादिदव्यक्तिल्याएर थपआलोचितबन्नपुगे । कतिपय महत्वपूर्ण नियुक्तिहरूमापनि योग्यव्यक्तिको चयन हुन सकेन । उनमापनिओलीको झैं स्वनिर्णयहावीबन्नपुग्यो । नियुक्तिलगायत महत्वपूर्ण विषयहरूमानिर्णय गर्दा आफ्नै दलका साथीहरूसँग पनिपरामर्श लिनउचितनठान्दा देउवापनिओलीपथतिरै गतिशीलभएको आरोप लाग्नथालेको छ ।
प्रधानमन्त्रीबन्दै गर्दा देउवाले प्राथमिकतामा कोरोनाविरुद्धको खोपलाई राखेका थिए र यस सन्दर्भमा केहीआशालाग्दो कामपनिभएकै हो, बाढी पीडितलाई तत्काल राहतको घोषणा पनि गरेकै हो तर उनकाकतिपयअलोकप्रियकामका कारण ती सबै ओझेलमा परेको देखियो । उनले गठबन्धनका सबै दलहरूलाई पनिखास्सै विश्वासमालिन सकिएको देखिएन । त्यसैले गठबन्धनको नेतृत्वगरिरहेको भएपनिउनीएक्लै हिँडेजस्तो देखिएको छ, जुन कसैको हितमा छैन र उनको आफ्नै हितमापनि छैन ।
देउवापाँचौं पटकसम्म प्रधानमन्त्रीहुनपाउने थोरै भाग्यमानी नेपालीहरूमध्ये पर्दछन् तर यसरी पटक पटकपाएको अवसरलाई उनले सदुपयोग गर्न सकेनन् । लोकसेवाको तयारी गर्ने विद्यार्थीले उनलाई पाँचौं पटकसम्म नेपालकाप्रधानमन्त्रीहुनपाउने भाग्यमानी नेपालीका रूपमा पढ्लान् तर उनले गरेका उल्लेखनीयकाम के के हुन् भनेर सोध्यो भने जिब्रो टोक्नुपर्ने हुन्छ । अरू कुरा बिर्सेपनिनेपालको प्रजातन्त्रलाई किस्तीमा राखेर राजालाई चढाएको प्रसङ्गचाहिँ सबैले सम्झने छन् । चुनौतीलाई अवसरमाबदल्ननसकेर देउवाले विगतमा गरेको त्याग र समर्पणलाई आफैंले बलिवेदीमा चढाएका छन् ।
देउवा नेपालीकांग्रेस पार्टीका सभापतिपनिहुन् । कोइराला परिवारबाट बाहिरको व्यक्ति पार्टी सभापतिहुँदा ठूलै परिवर्तन हुने नारा लगाइएकोथियो तर देउवाले त समय सीमाभित्रमहाधिवेशन गराउनसम्म सकेनन् । बल्लबल्लतोकिएको महाधिवेशनको मितिपनि पटक पटक सारिँदै छ । उनले आफ्नै साथीभाइलाई विश्वासमालिननसक्ता पार्टीभित्रै उनको कटु आलोचनाभइरहेछ । उनी न पार्टी सभापतिका रूपमा सफलदेखिएन प्रधानमन्त्रीका रूपमा । देउवामाइच्छाशक्ति प्रबलभएअझै पनिआफूलाई प्रमाणित गर्ने सम्भावनाभने टरिरकेको छैन ।
पार्टी नेतृत्वमापुगेपछि जुनसुकैव्यक्तिपनिनिरङ्कुश र तानाशाहीबन्दै जानु र उसमासधैं त्यहीपदमा टाँसिएर बसिरहने प्रवृत्तिको विकास हुनुदुर्भाग्यपूर्ण हो जुन नेपालका सबै दलहरूमा सरूवा रोगझैं फैलिएको छ । यो प्रवृति कोरोनाभन्दापनि घातक छ । देउवापनि यस रोगबाट अछुतो रहनसकेनन् । तर देउवाको असफलता केवल देउवाको मात्रअसफलताहुने छैन । यस असफलताको भागिदार नेपालीकांग्रेस पार्टीपनिहुने छ र यसको दुःखद् परिणामचाहिँ लामो समयसम्म सम्पूर्ण नेपालीजनताले भोग्नुपर्ने छ ।