कर्मा भन्छन्- थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो

कर्मा भन्छन्- थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ५ कात्तिक । कर्मा राम्रो अभिनेतामा पर्छन् । हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ । उनी थियटर हुँदै फिल्ममा आएका हुन् ।

फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा आफ्नो लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो ।

फिल्मले जति सफलता दिए पनि उनले थियटर छाडेनन् । उनले फिल्मको समयलाई घटाएर हरेक वर्ष कम्तीमा तीन महिना थियटरलाई दिए । किनकि उनी यसलाई स्कुल मान्छन् । ‘अभिनयको स्कुल नै हो थियटर, जब कहीँ कुनै बेला केही भुले जस्तो लाग्छ आइहाल्छु,’ कर्मा भन्छन्, ‘फिल्ममा ब्याक टु ब्याक प्रस्ताव आउँदा पनि मैले थियटर छाडिनँ, यसैले गर्दा त्यो समयमा फिल्म कम गरें ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुँदा आफूले नाटक नै रोज्ने गरेको बताए ।

‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो,’ उनी भन्छन्, ‘यहाँ मैले मलाई चिन्ने र सिक्ने अवसर पाउँछु ।’ त्यसो त उनमा आफू कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ ।

‘सायद म धेरैजनासँग फ्रेन्डली हुन सक्दिनँ, यसैले गर्दा पनि मिडियामा कम आउँछु,’ उनले भने । उनी आफूले आफ्नो क्यारेक्टरका लागि चाहिने समय दिन सक्ने बताउँछन । ‘हामीले एकै नाटकलाई तीन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ?, तर हतारो मेकरलाई हुन्छ,’ उनले भने ।

कर्माको बुझाइमा पर्याप्त गृहकार्य नभई फिल्म फ्लोरमा जाँदा काम राम्रो हुन नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउँछन् । उनको बुझाइमा यी यस्तै कारणले गर्दा थियटर र फिल्ममा अभिनय गर्ने अभिनेता पनि फरक देखिन्छन् । उनी फुर्सदिलो समयमा घुम्न रुचाउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी