सर्लाहीका सीडीओ र एसपी तासमा मस्त

सर्लाहीका सीडीओ र एसपी तासमा मस्त

  • बिहिबार, कार्तिक ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं , ४ कात्तिक । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । विशेषत दसैँतिहारमा जुवातास खेल्ने क्रम बढ्ने गर्छ । यसलाई नियन्त्रण गर्न प्रहरीले गस्ती गर्ने गर्छन् ।

तर , सर्लाहीमा आफ्नो पदीय दायित्वलाई बेवास्ता गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर तथा सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत उच्च अधिकारी सार्वजनिकस्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ ।

जिल्लाको प्रमुख निकायमा रहेर शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ, एसपीद्वय तासमा तल्लिन भिडियो समाजिक सञ्जालमा सार्वजानिक भएपछि विभिन्न प्रकारका टिकाटिप्पणी भइरहेका छन् ।

दसैँको माहोलमा सार्वजनिक चौरमा जिल्लाका प्रमुख पदीय दायित्वमा रहेकाहरूले गरेको हर्कतले आम मानिस निरास छन् । यसविषयमा सीडीओ र एसपी राठौरलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी