डेनमार्क बस्ने गायक सुदिप ‘साम’ को “म हिडे घर….” नयाँ गीत सार्बजनिक (video सहित)

डेनमार्क बस्ने गायक सुदिप ‘साम’ को “म हिडे घर….” नयाँ गीत सार्बजनिक (video सहित)

  • बुधबार, कार्तिक ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

नेपालीहरुको मुख्य चाड दशैं सगै अन्य चाडपर्ब हरुपनि नजिकिदै गर्दा परदेशमा रहेका नेपालीहरुको भावनात्मक यथार्तलाई उजागर गर्दै गीत संगीतको माध्यमबाट समस्त परदेशी नेपालीहरुको कथा-व्यथा समेटिएको “म हिडे घर…” नामको गीत/ Music Video यहि २०७८ दशैंको पूर्व सन्ध्यामा डेनमार्क बस्ने गायक सुदिप श्रेष्ठ ‘साम’ ले सार्बजनिक गरेका छन् /

हरेक परदेशीहरुको चाहाना पक्कै पनि अन्ततः स्वदेश फर्कने नै हुन्छ तर पनि विभिन्न कारणले आफ्नो जन्मस्थल, आफुलाई मायागर्ने आफन्तजन तथा साथिभाईहरुबाट टाढा भइ परदेशमै रहनु पर्ने बाध्यता छ । यस्तै कथा/व्यथाले भरिएको यो गीत/ Music Video गायक सुदीपकै स्वर र संगीत रहेको गीत पप प्यार्टन शैलीमा छ । गीत रचना सुदीप र मन्दिरा जोशीको रहेको छ  । विशेष गरी बाध्यतावस आफ्नो घरबाट टाढा रही सुनौलो भविष्यको लागि संघर्ष गर्दै घर फर्कने दिनको प्रतिक्षामा रहेकाहरुमा गीत समर्पित गरिएको गायक सुदीपले बताए ।

सुदीपको आफ्नै युटुब च्यानबाट सार्वजनिक भएको गीत/भीडियोलाई धेरै दर्शकहरुले मन पराएर राम्रो प्रतिक्रिया दिईरहेका छन् ।

झापा घर भएका सुदीपले सन् २००२ मा ‘अनुरोध तिमिलाई…’ भन्ने गीत रेकर्ड गरेर साँगीतिक यात्रा शुरु गरेका हुन् / उनि केही वर्षदेखि डेनमार्कमै छन् र त्यहाको नेपाली ‘लकडाउन ब्याण्ड’ का मुख्य गायक समेत हुन् । विभिन्न कार्यक्रमहरुमा गाउने उनका अन्य ५ गीत पनि  युटुबमा छन् ।

म्युजिक भीडियोमा सुवास महर्जन र जेस् भट्टराईको मुख्य भुमिका रहेको छ भने सुशील घिमिरेको सहायक भुमिका रहेको छ । रेलोनले संगीत संयोजन गरेको गीतको भीडियो छायांकन सुशील घिमिरे र रतिस तुलाधरको र कलरिङ् दिनेश जङ्ग रानाको रहेको छ ।

भीडियो डेनमार्कको कोपेनहेगन र आसपासमा छायांकन गरिएको हो । सुन्दर दृश्य समेटिएको भीडियो गज्जब बनेको छ ।

गितको अन्त्यमा चिरपरिचित रेडियोकर्मी अच्युत घिमिरे (बुलबुल) को आवाजमा साहित्यकार जे. सागरको मन छुने मुक्तकले सुनमा सुगन्ध थपेको छ ।

 

Songs Link: https://youtu.be/lbADzRpbzJQ

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी