साफ च्याम्पियनसिपमा इतिहास रचेर फर्किएका नेपाली टोलीलाइ बाजा गाजा सहित विमानस्थलमा स्वागत (फोटो हेर्नुहोस )

साफ च्याम्पियनसिपमा इतिहास रचेर फर्किएका नेपाली टोलीलाइ बाजा गाजा सहित विमानस्थलमा स्वागत (फोटो हेर्नुहोस )

  • सोमवार, कार्तिक १, २०७८
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

१ कातिक , काठमार्डौ ।
माल्दिभसमा सम्पन्न साफ च्याम्पियनसिप २०२१ को उपविजेता बनेको नेपाली फुटबल टोली सोमबार विहान स्वदेश फर्किएको छ।
माल्दिभ्सबाट स्वदेश फर्किएको नेपाली टिमको स्वागतका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज विमानस्थल पुगेका थिए। नेपाली टिमलाई ब्यान्ड बाजा बजाएर स्वागत गरिएको थियो।

एन्फाका पदाधिकारी तथा फुटबल प्रेमी पनि स्वागतका लागि उपस्थित थिए।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने परिवारसँग छुट्टी मनाउन कुवेत गएका छन्। अलमुताइरीले नेपालसँगको सम्झौता थप गर्ने विषयमा छुट्टी मनाएपछि विचार गर्ने बताएका छन्।

यस्तै नेपाली टिमका खेलाडी रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया गएका छन्। रोहित इन्डोनेसियाको लिग(१ क्लब पेर्सिजा जाकर्तामा आबद्ध छन्।
साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो। फाइनलमा भने भारतसँग ३(० ले पराजित हुँदा नेपाल उपविजेतामै सीमित बन्न परेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी