साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

  • बिहिबार, अशोज २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २१ असोज । एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् ।

नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत लिएकी छिन् । डान्सिङ ट्रयाक ‘माया पिरेम’ मा अभिनय गरेबापत उनले करिब पाँच लाख रुपैयाँ लिएको चर्चा छ । यो उनको पहिलो व्यावसायिक म्युजिक भिडियो हो । उनी टिमको क्रिएसनले आफूलाई तान्ने गरेको बताउँछिन् ।

ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् ।

शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी