खप्तडमा पल–गरिमाको नृत्य (भिडियो सहित )

खप्तडमा पल–गरिमाको नृत्य (भिडियो सहित )

  • सोमवार, अशोज १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

धनगढी, १८ असोज । सुदूरपश्चिम प्रदेशस्थित पर्यटकीय क्षेत्र खप्तडमा छायाँकन भएको म्युजिक भिडियो सार्वजिनक भएको छ ।

ुजीवन फूल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौु म्युजिक भिडियोमा पल शाह र गरिमा शर्मा छमछमी नाचेका छन् । एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गिरी र डा। त्रिशला गुरुङको स्वर छ । गीतको शव्द र संगीत पनि गिरीकै हो भने म्युजिक भिडियोको छायाँकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् ।

भर्जिनल्याण्डकारुपमा रहेको खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समेत सो क्षेत्रमा छायाँकन गरिएको गायक गिरीको भनाइ छ ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायाँकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक गिरीले बताए ।

३१०० देखि ३५०० मिटरसम्मको उचाइँमा रहेको खप्तड प्राकृतिकरुपमा रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रका रुपमा पनि परिचित छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि हो । खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लामा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी