दँशैको मुखमा विद्यालय खोल्ने काठमाण्डौँ महानगरको निर्णय, आधा जसो विद्यालय चाडपर्वपछि मात्र खुल्ने

दँशैको मुखमा विद्यालय खोल्ने काठमाण्डौँ महानगरको निर्णय, आधा जसो विद्यालय चाडपर्वपछि मात्र खुल्ने

  • बिहिबार, अशोज ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेश गर्नुपर्नेछ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि कामपाले जनाएको छ ।

कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।

शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा कामपाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । कामपाले औपचारिक जानकारी आज गरे पनि यसअघि नै विद्यार्थी सङ्ख्या कम भएका विद्यालय आलोपालो गरेर सञ्चालनमा आइसकेका छन् । लामो समय विद्यालय बन्द रहेको, चाडबाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरुपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।
धेरै जसो ठूला विद्यालयहरु भने दँशैपछि मात्रै खुल्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी