अखिल क्रान्तिकारीको पर्सा अध्यक्षमा पटेल चयन

अखिल क्रान्तिकारीको पर्सा अध्यक्षमा पटेल चयन

  • शनिबार, अशोज २, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी पर्साको अध्यक्षमा कविराज पटेल चयन हुनु भएको छ । अनेरास्ववियु पर्साको छैठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पटेलको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति घोषणा गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्ष हिमाल सागर कुँवर, उपाध्यक्ष बब्लु कुश्वाहा, सोनु शेख, सचिवमा सोयब आलम, सहसचिवमा धर्मेन्द्र पटेल, बबिता साह र लहावर राम चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुष्मा चौरसिया सहित ५१ सदस्य चयन भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक प्रभाकर गुप्ताले जानकारी दिनुभयो । भदौ ३० गते सम्पन्न सम्मेलनको बन्दसत्रमा अन्य पदाधिकारी सर्वसम्मत भएपनि नेतृत्वका लागि दुईजनाको दावी भएपछि सहति जुट्न सकेको थिएन । तत्कालिन संयोजक कबिराज पटेल र सहसंयोजक संदीपविक्रम शाहले नेतृत्वमा दावी गरेपछि चयन हुन सकेको थिएन । पार्टी जिल्ला अध्यक्ष विजय महतो, महानगर इन्चार्ज रहबर अन्सारी, प्रदेश समिति सदस्य रामदरश कुश्वाहा र विद्यार्थी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक प्रभाकर गुप्ता, पर्सा इन्चार्ज जुवैर आलम, स्वयंसेवक विभाग प्रदेश २ संयोजक इश्क कुमार लगायतका नेताहरुबीच भएको लामो छलफलपछि पटेललाई अध्यक्षतमा चयन गर्ने सहमति जुटेको हो । शुक्रबार अबेर राति पटेललाई अध्यक्षमा घोषणा गरिएको केन्द्रीय सदस्य इश्क कुमारले बताउनुभयो । नेतृत्वमा विवाद देखिएपछि पहिलेकै संयोजकलाई नै अध्यक्ष बनाउने संगठनको केन्द्रीय निर्णय अनुसार नै पटेललाई अध्यक्षमा चयन गरिएको संगठनका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलमले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी