ओमनसँग घरेलु मैदानमा भोगेको पराजयको बदला लिने सुरमा नेपाल

ओमनसँग घरेलु मैदानमा भोगेको पराजयको बदला लिने सुरमा नेपाल

  • मङ्लबार, भदौ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

अमेरीकामाथि शानदार जीत निकालेको नेपालले काठमाण्डौमा घरेलु मैदानमा पराजयको बदला लिने सुर सहित आज ओमनसँग क्रिकेट वल्र्ड लिग २ अन्तर्गत खेल्दै छ । अघिल्लो वर्ष कीर्तिुरमा भएको दुबै खेलमा हार व्यहोरेका कारण नेपाल आज ओमनमाथि हाबी हुने रणनीतिमा छ ।
नेपालले हिजो मात्रै अमेरीकामाथि ५ विकेटको महत्वपूर्ण जीत निकालेको थियो ।

नेपालले लिग अन्तर्गत छैटौँ खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानको सामना गर्न लागेको हो । ओमानको गृह मैदान अल अमरतमा हुने डे एन्ड नाइट खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ देखि सुरु हुनेछ । अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ । तर, आजको खेलमा विजयी भएमा चौथो स्थानमा पुग्नेछ । अमेरिकालाई हराउँदै उच्च प्रदर्शन गरेको नेपालको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।

सहभागी टिममध्ये नेपालले सबैभन्दा कम खेल खेलेको छ । अंक तालिकामा १० खेल खेलेको ओमान आठ जित र दुई हारका साथ १६ अङ्क जोड्दै पहिलो स्थानमा छ । यसैगरी, १३ खेलमा ६ जित, सात हारका साथ १२ अङ्क जोड्दै अमेरिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको स्कटल्यान्डको आठ खेलमा नौ अंक र चौथो स्थानमा रहेको नामिवियाको सात खेलमा आठ अंक छ । नेपालले पाँच खेलमा तीन जित दुई हारसहित ६ अङ्क जोड्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ