शिवप्रसाद शिवाकोटी खेतीमा अब्बल मानिन्थे । झापामा झैँ आसाममा पनि उनको खेती गर्ने शैली उच्च कोटीको थियो । त्यसैले उनले लखिमपुर जिल्लास्तरीय उदाहरणीय कृषकको उपाधिसमेत पाएका थिए । त्यसपछि जिल्ला सरकारबाट उनले कृषिका लागि विशेष औजार पनि प्राप्त गरेका थिए । त्यसपछि उनी कृषि व्यवसायमा झन् सारो चम्केका थिए ।
शिवप्रसाद बसेको जिल्ला लखिमपुरमा गाँजा, भाङ, जुवातास, रक्सी, जाँडको ठूलो व्यापार हुन्थ्यो । त्यस ठाउँमा गाँजा खानेहरूको सङ्ख्या अधिक थियो । किशोर, युवा, प्रौढ र बूढाबूढीहरूका साथमा गाँजा खाने चिलिमसमेत हुन्थ्यो । साथै चोरी डाँकाका कारणसमेत जोडिनाले त्यो ठाउँ असल मानिँदैनथ्यो । अनि शिवप्रसादले तिनीहरूलाई सम्झाइबुझाई गरे । भनेको नटेर्नेउपर कम्युनिस्ट नेताहरू र पुलिस प्रशासनको गुहार मागेर उनले त्यस प्रकारका विकृति हटाउँदै जान थाले । अन्ततः त्यो ठाउँ एउटा सौम्य, शान्त र शालीन ठाउँका रूपमा अनुवाद भएको थियो ।
लखिमपुरमा स्थानीय आदिवासीबाहेकलाई जग्गाको लालपुर्जा पनि दिँइदैनथ्यो । तर शिवप्रसादको सक्रियतामा त्यहाँ सबैले आआफ्नो जग्गाको लालपुर्जा पाउन थालेका थिए । उनको त्यहाँका जनताप्रतिको मोहको कारण उनलाई गोगामुख टाउन हाईस्कुलको सञ्चालक समितिको सदस्यमा पनि मनोनयन गरिएको थियो । त्यसपछि उनलाई त्यहाँका बासिन्दाले आफ्नो संरक्षक मान्न थालेका थिए ।
गँजेडीको अखडा भएकै कारण लखिमपुर जिल्लाको शुक्रबारे बजारलाई चिलिमपुर भन्ने गरिन्थ्यो । चिलिमपुर लखिमपुरको नामी ठाउँमध्येकै मानिन्छ । त्यस ठाउँमा गरेको सत्कार्यले त्यहाँका बासिन्दाले शिवप्रसादको ससम्मान धेरै नाउँ लिएको पाइन्छ ।
ड्ड
शिवप्रसादको फलफूल खेतीले धेरै आम्दानी दिन थाल्यो । उनले एक्लै नभ्याएपछि उनकी श्रीमती र विद्यार्थी छोराहरूले बरबगैँचा र खेतीपातीमा उनलाई सहयोग गर्न थाले । त्यस कालखण्डसम्ममा उनले कम्युनिस्ट पार्टीमा पनि धेरै नाउँ कमाइसकेका थिए । अनि स्वास्नी, छोराछोरीलाई बरबगैँचा जिम्मा दिएर उनी पूणर् रूपमा राजनीतिमा नै सक्रिय हुन थाले । उनको राजनीति र किसानीले जनप्रियता हासिल गर्न थाल्यो । तर त्यसै बखत प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको सङ्कटकालको फेरोले फेरि विपक्ष राजनीतिज्ञहरूलाई सताउन थालेको थियो । त्यसैले त्यतिखेर उनले पनि इन्दिरा गान्धी विरोधी नेतृत्व लिनुपर्ने भयो । त्यस कालखण्डमा भारतीय कम्युनिस्ट पार्टीका जिल्लाका उनी पनि एक जना नेता थिए । त्यस पार्टीमा उनी पूणर्कालीन काम गर्थे । परिणामस्वरूप उनलाई भारतीय सरकारले आफ्नै घर गोगामुखमा नियन्त्रणमा राख्यो र दुई वर्षसम्म उनी नजरबन्दमा परेका थिए । त्यसपछि उनको खेतीपाती र बरबगैँचाको आम्दानीमा पनि सुकेनास लाग्न थाल्यो ।
शिवप्रसाद राजनीतिक तथा आर्थिक कारणले गोगामुखमा धेरै टिक्न सकेनन् । अनि आठ वर्षपछि उनी परिवारसहित नलबाडी जिल्लामा बसाइँ सरे । त्यहाँ उनी पूर्व जिल्लामा परिचित भएकै रङ लागेको थियो । परिणामस्वरूप उनलाई त्यहाँका कम्युनिस्टले काँध थाप्न थाले । साथै उनी त्यहाँ राम्रो समाजसेवीका हकदार हुन थाले । त्यस ठाउँमा जनप्रियता कमाएपछि उनी काउली उच्चमाध्यामिक विद्यालयको सञ्चालक समितिको अध्यक्षमा समेत छानिए ।
नलबाडीमा शिवप्रसादले चार बिघा खेत किनेर कृषि उद्योग चलाए । त्यस उद्योगमा पनि उनी प्रथम कोटिमा देखिए र जिल्लाबाट पुरस्कृत हुन थाले । सुपारी, नरिवल, गहुँ, धान र फलपूmलमा उनको योग्यता माथिल्लो स्तरको देखिएको थियो । नलबाडीमा स्थानीय विविध अन्याय र मर्काको विरोधको नेतृत्व गर्न पनि उनी चुक्तैन थिए । परिणामस्वरूप उनी अखिल भारत किसान सभाको प्रतिनिधि सदस्य पनि भए ।
शिवप्रसाद शिवाकोटीले निर्वासित जीवनमा आफ्नो आर्थिक अवस्था उकास्न हरेक उद्योग गर्नुपरेको थियो । उनले हरेक काम गर्दा फलामको च्यूरा चपाउनुपरेको थियो । निष्ठापूर्वक पसिना बगाएर काम गरेको हुँदा निर्वासित जीवनमा पनि शिवप्रसादपरिवार सफल भएका थिए । भारतीय भूमिमा त्यस प्रकारको बसाइका बारे शिवप्रसादका साहिँला छोरा युवराज शर्माले पनि मन खोलेर लेखे— ‘हामी भारतमा हुँदा चरम आर्थिक अवस्थाका कारण स्कुल बिदा हुँदाका दिनहरूमा तरकारी र फलपूmल बारीमा काम गर्ने र दुई मुठा साग भए पनि बजारमा लगेर बिक्री गर्ने, घरका हलीहरूलाई खेतमा खाजा पुर्याउन, धान काट्ने र दाइँ गर्ने, धान सिला खोजेर ल्याउने र बिक्री गर्ने, गाईबस्तु चराउने आदि सबै काम गरिन्थ्यो । त्यति मात्र नभई घरअगाडिको स्कुलको ठूलो फुटबल क्रिकेट मैदानमा हुने खेलकुद प्रतियोगिता वा हिउँदमा आयोजना हुने रात्रिकालीन थिएटरहरूमा चियापान, तामुल ९सुपारी०, चुरोट बेचेर हामी मनग्गे आम्दानी गर्ने गथ्र्यौं । हरेक शुक्रबारको हाटमा बजारको कारोबार सकिएपछि धागो व्यापारीहरूका सामान बोराहरूमा हालिदिने र घोडा, गाडामा हालिदिने काम पनि भ्याइन्थ्यो । धेरैजसो समय बुबा सामाजिक र राजनीतिक काममा र मुमा घरायसी काम र खेतीमा व्यस्त भएको हुँदा हामी स्वःस्पूmर्त त्यस्ता काममा अग्रसर हुने गथ्र्यौं र आफ्नो खर्च आपैmँ व्यवस्थापन गथ्र्यौं । पछि कक्षा आठ पढ्दादेखि नै घरवरिपरिका आठदस जना बच्चाहरूलाई मैले ट्युसन पढाउन सुरु गरेँ । कतिले नगदै र कतिले वार्षिक रूपमा धान शुल्कका रूपमा तिर्ने गर्थे ।’
पछिल्ला दिनमा शिवप्रसादका छोराहरूले नेपालमा आएर पनि आआफ्नै व्यवसाय समाते । अनि चारै जना छोरा आआफ्ना काममा सफल भए । उनीहरूमध्ये सबै जना एकभन्दा अर्को निपूणर्र् भएर निस्के । मानौँ, उनीहरूले परिश्रम गर्न आफ्नी आमाका पेटमा नै सिकेका थिए ।
शिवप्रसाद शिवाकोटीले निर्वासित जीवनमा रगतका आँसु खसाए पनि सुटुक्कै पुस्थे । जस्तै विषम परिस्थितिमा पनि उनी हाँसीहाँसी समाजमा आफ्नो सकारात्मक पहिचान छाड्ने गर्थे । हरेक बाटामा ठेस लागेर खुट्टा रक्ताम्मे हुँदा पनि उनी कर्ममा नै मात्र जुटिरहन्थे । वास्तवमा कर्म उनको जीवनको शब्दकोश थियो । त्यस पाठलाई उनले कुनै अप्ठ्यारो अवस्थामा पनि रट्न छाडेनन् । उनले जति हारे पनि र जति जिते तापनि उनको पैतालादेखि शिरसम्म कर्म नै कर्मको मात्र बास थियो । त्यही कर्मलाई बोकेर उनले त्यो बिरानो ठाउँमा आफ्नो दिनचर्या धानेका थिए ।
शिवप्रसाद शिवाकोटीको जीवनी− २१ अन्तर्गत आगामी शनिबार ‘‘शिवप्रसाद शिवाकोटीको स्वदेश प्रवेशपछिको पीडा’ पढ्नुहोला ।