काठमाडौँ भदौ २१ । काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
यद्यपि, विद्यालयहरुले स्वास्थ्य मापदण्डको भने पालना गर्नु पर्नेछ ।
कोरोना संक्रमण दर घट्दै गएसँगै विद्यालय खुल्ने निर्णय भएको हो । कोरोना महामारी शुरु भएदेखि नै बन्द रहेका विद्यालयहरु अनलाईन माध्यमबाट पठन पाठन हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline