सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न÷गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आज सो निर्णय गरेको हो ।

विद्यालयहरु सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्लाको केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

यही भदौ १७ देखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञासम्बन्धी आदेश जारी गर्दै स्थानीय प्रशासनले यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य ‘प्रोटोकल’को पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाइने तथा अनावश्यक रुपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, भोजमा निषेध गरेको छ ।

सर्वसाधारण, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र सञ्चालन गर्न पाइने छ भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गर्न पाइने छैन ।
सार्वजनिक तथा निजी निर्माणका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ स्थानीय तथा प्रशासन ऐन, २०२८ अनुसार काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले उक्त आदेश जारी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी