लघुकथा : शिखण्डी

लघुकथा : शिखण्डी

  • बिहिबार, भदौ १०, २०७८
  • इन्दिरा प्रसाई

  • 11.3K
    SHARES

मैले चौधवर्ष अघि पनि तँलाई भनेकै थिएँ,
“ए ! नजाओ न ढुङ्गा हान्न, छिमेकीले हाम्राँ आँखा गाढेकाले भरोसाको मुली खेदाउन खोज्दै छन् ।’ त्यतिबेला मेरो कुरा तिमीहरूले पत्याएनौ ।” हजुरबा चाहिँले आफ्नो छोरालाई लोपार्दै नातिनीसँग भन्दै थिए ।
‘उसैलाई पिर्ने ठहर गरेपछि अहिले तिमीहरूको दलसल पनि सिध्याउने खेल पनि उसैको हो । तिमीहरूका धारे हातले केही हुनेवाला छैन। कुरा बुझिस् तँ स्वाँठले पनि। अब छोराछोरीलाई सुर्याउने मात्रै काम पनि तँ नगर है ! बुझिस् ? ‘
‘उहिले त बूढो बाउको ‘बुद्धि सुद्धि हराएको छ’ भन्थिस् नि, अहिले तेरो बुद्धिले केके लछार्दो रहेछ ? म पनि हेर्दै छु । छँदाखाँदैको त्यत्रो बलियो दल पनि मिलिजुली सखापै पारिछोड्यौ । बेघर नहुञ्जेल तिमीहरूको चाला यस्तै त होला नि । ‘
‘ हाहाहा ‘ बुढा धीत मारेरै हाँसेका थिए ।

‘हजुरबा, हाम्रो देशमा कहिलेसम्म यस्तै हुन्छ त ?’ नातिनीको निरास आवाज सुनिएको थियो ।
‘लोभी र पापीले मुलुक बेचुञ्जेल र जनता पनि विवेकहीन भएर आँखा चिम्लेरै नेताका पछिल्तिर कुदुञ्जेल अनि हामी सबैले जस्तै अन्याय अत्याचार पनि निरीह भएर सहुञ्जेल यस्तै हुन्छ नानी ।’ हजुरबाले अनुभवी जवाफ फर्काएका थिए ।

दल नासै पारेपछि अहिले ‘शिखण्डी’ नियति भोगिरहेको छोरो चाहिँ अलि पर्तिर शिर झुकाएर बसेको देखिन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी