प्रगतिशील गायक जेबी टुहुरेको निधन

प्रगतिशील गायक जेबी टुहुरेको निधन

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ । गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । लामो समयदेखि बिमारी भएका उनको आज निधन भएको हो ।

मस्तिष्कघात भएपछि टुहेरेको बल्खुस्थित बयोधा अस्पतालमा उपचारर भइरहेको थियो । ७६ वर्षिय टुहुरेकोआइसियुमा उपचार क्रममा निधन भएको हो ।

मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघातपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ।

सुनसरीको धरान घर भएका टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन्। उनले ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, , खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा जस्ता चर्चित गीतहरु गाएका छन् ।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ ।
उनी ६४ साल पछि एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी