: लघुकथा : सूचना

: लघुकथा : सूचना

  • शनिबार, भदौ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

तालिवानीबाट एक मुठी सासमात्र बचाएर फर्केको छु । अहिले नेपाली सेनाको क्वरेन्टिन व्यवस्थापनमा म पनि बसेको छु ।
अब अगाडीको जीवन कसरी धान्ने ?
समस्याका खात बोकेको परिवारको जिम्मेवारी कसरी निर्वाह गर्ने ? बेचैन छु ।
अचानक आजको राष्ट्रिय दैनिकमा छापिएको जागिरको सूचनामा मेरो आँखा परेको छ ।

:आवश्यक्ताः
यस कार्यालयमा रिक्त रहेका पदको लागि खुल्ला प्रतिस्पर्धाद्वारा राष्ट्र सेवक भर्ना गर्नुपरेकाले यही मसान्त भित्र निम्नलिखित योग्यता पुगेका युवाहरूद्वारा आवेदनका लागि यो सूचना प्रसारित गरिएको छ ।
क) पद : कर्मठ राष्ट्र सेवक
ख) तलब,भत्ता र सुविधा : आवेदकको दक्षता र यस आयोजनाको क्षमता अनुरूप दुवैपक्षको सहमतिमा निर्धारण गरिने छ ।
ग) सङ्ख्या स् यथेष्ठ
घ) न्युनतम योग्यता स्ः
१. अनुशासित, मानसिक र शारीरिक रूपले स्वस्थ्य, सक्रिय, नैतिकवान, कर्त्तव्य परायण र राष्ट्रभक्त
२. मानवतावादी
३. इमान्दार
४.जुझारू
ङ. वाञ्छनीय योग्यता :
१. महान देशभक्त देखिने तर भित्रभित्रै विदेशी मुलुकको दलाल नभएका
२. अट्ठाइस वर्षदेखि फर्स्यौट हुन नसकेको राष्ट्रिय अर्थतन्त्रको बेरूजु फर्स्यौट गराउन सक्ने दक्षता भएका ।
३. भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएकाहरूको सम्पत्ति राष्ट्रियकरण गर्नसक्ने विशेष क्षमता भएका ।
४.दण्डविधान लागू गरेर मुलुकलाई दण्डहिनताको पराकाष्ठाबाट मुक्त गराउन सक्षम ।
च. कार्यालय : मुलुक
नोट : पर्याप्त आवेदन आइसकेपछि अन्तर्वार्ताको समय र स्थानको सूचना यसै दैनिकमा प्रकाशित गरिने छ ।
…….
वैदेशिक रोजगारीमा नजाने निर्णयका साथ अब यही जागीरका लागि आवेदन दिन कम्मर कसेको छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी