बिप्लवलाई बेद बोहराको खुल्ला पत्र, के सुन तस्करलाई कार्बाही गर्नु गलत हो ?

बिप्लवलाई बेद बोहराको खुल्ला पत्र, के सुन तस्करलाई कार्बाही गर्नु गलत हो ?

  • शनिबार, भदौ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

कमरेड नेत्रबिक्रम चन्द बिप्लव
नेकपा, हेडक्वाटर ।

कमरेड तपाइँलाई थुप्रै पत्र लेखियो । पुग्यो पुगेन थाहा भएन । कुनै रिस्पोन्स पनि आएन । सायद पुगेन होला । बीचैमा हाम्रो पत्रहरु अलपत्र परेजस्तो लाग्यो । मलाई थाहा छ, तपाइँ एउटा सम्भाबना बोकेको नेता हुनुहुन्छ । तपाइँसंग मजदुरहरुको क्याम्प क्याम्पमा गएर मजदुरहरुले पकाएका खानाहरु सङ्गै खाएको छु । तपाइँको इमान्दारीतामा प्रश्न उठाउने ठाउँ खासै देख्दैन । तर क्रान्तिलाई अगाडी बढाउने सवालमा तपाइँ मात्रै सक्षम भएर हुँदैन । सिङ्गो टिम सक्षम हुनुपर्छ । तपाइँको टिमका केही कमरेडहरुको क्षमतामाथि आज प्रश्न उठाउने बाध्य भएका छौं ।

यो खुल्ला पत्र मैले आफ्नो ज्यान माया मारेरै लेखिरहेको छु । यो भन्दा अगाडी पनि थुप्रै भौतिक आक्रमणका धम्किहरुको सामना गरिसकेको छु । यदपी जे लेख्नेछु, मेरो ब्रमाहले सत्य ठानेका कुराहरु नै लेख्नेछु । तर लेख लेख्नु अघि तपाइँलाई केही बिषयगत प्रश्नहरु गर्न चाहन्छु ।

के संगठन भित्र लुकेर सुन तस्कर गरिरहेकाहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत हो ? के मानव तस्करहरुलाई संगठनबाट निलम्बन गर्नुपर्छ भन्ने कुरा गलत हो ?
( मजदुरहरुले उठाएको लेविबाट नेताहरुलाई टिभी, ल्यापटप जस्ता सामानहरु किनेर प्रभाबमा नपारौं भन्ने कुरा गलत हो ?
( दुईदुई बर्षसम्म जिल्ला समितिको बैठक बोलाउन नसक्ने नेतृत्वको आलोचना गर्नु गलत हो ? ( के २७ जना जिल्ला समितिमा २० जनालाई कारबाही गरेर निस्कासन गर्नु गलत थिएन ? ( बिभागले पठाएका सर्कुलरहरु आफू अनुकुल प्रयोग गर्नु गलत होइन ? आफ्नो प्रभुत्व सिद्ध गर्न कुवेत मोर्चाको नक्कली आइडी बनाएर भ्रमक प्रचार गर्न मिल्छ ?

प्रिय कमरेड,
माथिका प्रश्नहरु यदि सहि थिए भने कमरेड कंचनले मलाई कसरी कथित भनेर बक्तब्यमा किटान गर्नुभयो ? यदि एकीकृत क्रान्तिले ती प्रश्नहरुलाई जायज मान्छ भने एकजना जिल्ला सदस्यलाई कारबाही किन गरियो ?

अनि एउटा भुइँ मान्छेको चरित्रहत्या गर्न, एउटा समर्थकलाई थुचुक्कै पार्न एकै मितिमा दुईदुई पटक बक्तब्य कसरी निकालियो ? बिभागको लेटरप्याड त एउटै हुने होइन र ? अनि फरकफरक फोन्ट भएको लेटरप्याड कसरी आयो रु जब कि चलानी नम्वर एउटै छ, पत्र संख्या एउटै छ । र, दुईटैमा कंचन कमरेडको हस्ताक्षर छ । दुइटै पत्र तल छ, हेर्नुहोला ।

तपाइँ अहिले सामाजिक संजालमा छरपस्ट बक्तब्यबाजी देखिरहनु भएको छ ? एकपटक ईतिहास तर्फ लागौं । यो बिबाद अहिलेको होइन, पुरानै हो ।

प्रचण्ड कमरेडसंग सम्बन्ध बिच्छेद गरिसकेपछि मध्यपूर्बका देशहरुमा आस्थाको आधारमा वैदेशिक साखाहरु पनि बिभाजित भए । बैध कमरेडको समर्थकहरुले नेपाली जनप्रगतिशिल मोर्चा गठन गरे । त्यसको केही महिना भित्रै नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्बू निर्माण गरिने भयो तर युएईका तत्कालिन मोर्चा अध्यक्ष कमरेड रमेश गिरी र साउदी मोर्चाका तत्कालिन अध्यक्ष बिक्रम पौडेलको बीचमा नेतृत्वको बिषयलाई लिएर बिबाद भयो । त्यही बिबादकै कारणले मध्यपूर्ब गठन हुन सकेन ।

२०१८ मा मध्यपूर्ब जिल्ला समिती गठन भयो । त्यसपछि कतार मोर्चामा बिबाद देखियो । त्यो आन्तरिक मोर्चाको बिबाद थियो । मोर्चा भित्र रहेका कतिपय ब्यक्तिहरु सुन तस्कर र मानव तस्कर भएकाले ती ब्यक्तिहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरा हामीले उठायौं ।

यो बीचमा कमरेड रमेश गिरीले जिल्ला समितिको ग्रुपमा लेवि रिसिभ गरेको प्रमाण दिनेगरी नेताहरुलाई टेलिभिजन पठाइदिने प्रस्ताब ल्याउनु भएछ । त्यस बिषयमा पनि डटेर संघर्ष गर्‍यौं । यहि कारण कतारमा दुई लाइन संघर्ष उत्कर्षमा पुग्यो । त्यसपछि कमरेड रमेश गिरीको गुटले हामी मोर्चाका बहुसंख्यक कमरेडहरुलाई कारबाही गर्‍यो । त्यसपछि कमरेड साजन गुरुङको नेतृत्वमा कतारमा समानान्तर कमिटी बनायौं ।

कतारको समस्या चुलिएपछी साउदी र युएई मोर्चाले हस्तक्षेप गर्‍यो । साउदी र युएई मोर्चाले हाम्रो एजेन्डामा समर्थन जनायो । बिबाद मिलाउन यी दुई देशका मोर्चाहरुले कमरेड रमेश गिरीलाई दबाद दिन थाले । तर समस्या समाधान देखिएन । त्यसपछि युएई र साउदीका जिल्ला सदस्यहरुले जिल्लाको बैठक बोलाउन ताकेता गरे । उहाँले बैठक छल्दै जानू भो । त्यो दुई बर्ष बित्यो । दुई बर्ष पछि थाहा पायौं कि २७ जना जिल्ला सदस्यमा २० जनालाई कारबाही गरेर समितिलाई ७ जनामा सिमित पारिएछ । कारबाहीमा परेका कमरेडहरुलाई कुनै जानकारी समेत दिइएको थिएन । त्यसपछि कतार मोर्चा र साउदी मोर्चाले कतारको समानान्तर कमिटीसंग मिलेर काम गर्न थालेको हो ।

पछि बिशेषतः युरोप, साउदी र युएईको पहलमा मोर्चालाई एकताबद्ध बनाउने काममा जोड दियौं । सफल पनि भयौं तर कमरेड गिरिले कमिटीमा आफ्नो बहुमत स्थापित गर्न फेरि हामी माथी राजनिती गर्नुभयो । केन्द्रको सर्कुलर भनेर युएई मोर्चाका उपाध्यक्ष कमरेड आक्रोशलाई जिल्लाबाट एरियामा झार्नु भयो । तर सोही सर्कुलर चाहिँ कतारमा लागू गर्नु भएन ।

त्यसपछि पनि कतारको समस्या समाधान गर्नु भएन । कतारमा दुई लाइन संघर्ष जस्ताको तस्तै रह्यो । यी यावत बिषयमा छलफल गर्न युएई र साउदीले जिल्ला समितिको बैठक बोलाउन फेरि ताकेता गर्‍यो । बैठक त बोलाउनु भो तर प्राबिधिक समस्या भनेर बैठक स्थगित गर्नु भयो । र, उहाँ नेपाल जानू भो ।

कमरेड गिरि नेपाल छदै उहाँको गलत सर्कुलरको कारणले एकजना कमरेडलाई कारबाही गरेको बक्तब्य आयो । कमरेड गिरीले गरेको त्यस प्रकारको अराजक गतिविधिको परिणामस्वरूप मोर्चाका बहुमत कमरेडहरुले उहाँलाई निलम्बन गरे । त्यसपछि मेरो चरित्रहत्या गर्न आफुले पहुँच राखेका सबै मिडियामा प्रचारबाजी गरिरहनुभएको छ ।

अन्तिममा मैले केही प्रश्नहरु राख्न चाहन्छु । के सामान्य लजिस्टिकमा र्याल चुहाउने र गलत मान्छेहरुको रबैया ढाकछोप गर्न आफू मातहतका सदयहरुलाई कथित भन्ने ब्यक्तिहरुबाट हाम्रो एकीकृत क्रान्तिको सपना पूरा होला ? हाम्रो देशमा भ्रष्टहरुको कमि छैन, अरु भ्रष्ट नेताहरु किन जन्माइरहेछौं ? किन ? किन ?
धन्यवाद ।

बेद बोहरा ।
संयोजक
नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्ब ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी