डम्मर दत्त भट्ट कञ्चनपुर, २५ साउन । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका सागर थापा(सन्दिप)माथि साँघात्मिक हमला भएको छ । बेलडाँडी गाँउपालिका २ सिहपाल स्कुल नजिकका १७ बर्षिया किशोर थापाको अर्को टोलका किशोर समुहले मरणाशन्न हुने गरि कुटपिट गरेका हुन् । १४ साउनको राती थापामाथि कुटपिट भएको परिवारजनले जनाएका छन् । घाईते थापाका परिवारजनले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अबोध किशोरमाथि ज्यान लिने उदेश्यले बाँधेर कुटपिट गरेर मृत्युको मुखमा पु¥याउँदा समेत बेलडाँडी प्रहरी मुखदर्शन बनेको बताएका छन् । थापाका बाजे भीम बहादुर थापासंगको पुरानो रिसिईबीका कारण नातिमाथि क्रुर तरिकाले कुटपिट गरेर हत्या गर्न खोजिएको घाईतेका काका हरि थापा (गिरीजा) ले बताए ।
घाईतेका बाजे तत्तकालिन नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य र शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्र्तरगत कालिकिच उपभोक्ता सुमितिको अध्यक्ष हुँदा कुटपिट गर्ने समुह काठकाण्डमा पक्राउ परेको र उतिबेला उक्त काठ काण्ड मिलाईदिन आग्रह गरेपछि जरिवाना भएको रिसिईबी साँध्नका लागि भजिजमाथि साँघात्मिक हमाला भएको घाईतेका काका गिरिजाले बताए ।
गिरिजाले मुकुन्द जोशीले भतिजलाई बोलाएर लगेर हातखुट्टा बाँधेर सामुहिक रुपमा कुटपिट गराएको बताए । उनका अनुसार मुकुन्द जोशी, बिरेन्द्र कार्की(प्रज्वल), किसन मडै, योगेश साउद, दिपक शाही र लोकेश भण्डारी समुहले कुटपिट गरेको बताए । ‘त भीम बहादुर थापाको नाति होस भन्दै सामुहिक रुपमा कुटपिट गरेका रहेछन, ‘उनले भने, ‘त्यसपछि उल्टै प्रहरीलाई रातीको समयमा गाँउमा खुकुरी ल्याएर मार्न आएको भन्दै उल्टै भतिजमाथि फसाउने षड्यन्त्र रचे ।’ आफ्ना भतिजको कुनै गल्ती भएपनि घर परिवार प्रहरी प्रशासनलाई दिनुको साटो कानुन हातमा लिएर ज्यान लिन खोजिएको उनले बताए । ‘लै मेरो भतिजको कुनै गल्ती नै थियो, भनेपनि कानुन छ, कानुन अनुरुप सजाय गर्न सकिन्छ, ‘गिरिजाले भने, ‘बाबुको समाजिक प्रतिष्ठासंग जोडेर भतिजमाथि त मर्ने गरि कुटपित गर्नु त भएन नी ।’ घाईते थापाका मामा दिनेश खातीले घटना घटेकै दिन प्रहरीले नै रगताम्मे भएर घटना स्थलबाट बेलडाँडी प्राथमिक स्वास्थ्य चौकी ल्याएको बताए । ‘प्रहरीले घटना स्थलबाट भान्जालाई जुन हातलमा ल्याएको हो, त्यो मुचुल्का संकलन गरेको छैन, ‘उनले भने, ‘उल्टै दोषिलाई बचाउने मुचुल्का उठाएर शक्ति सत्ताको भक्तीमा प्रहरी विभक्त भयो ।’ प्रहरीले सन्दीपलाई अचेत अवस्थामा ल्याएर स्थानीय अस्पतालमा पु¥याएको र स्थानीय अस्पतालले धनगढी रिर्फर गरेको बताउदै धनगढीमा मायामेट्रो अस्पतालमा तीन दिन पछि होस आएको बताए । ‘हामी भान्जा बचाउन तिर लागे, ‘उनले भने, ‘यता कुटपिट गर्ने र प्रहरी मिलेर घटना अन्त्यै मोड्न लागे ।’ प्रहरीकै भूमिका कारण समाजका पीडितले न्याय नपाउने अवस्था सृजना भएको उनको दुखेसो छ । घाईतेका बाजे गजेन्द्र थापाले प्रहरी शुरुदेखि बाहिस हुँदा घटना गिजोलिएको बताए । ‘घाईते सन्दिप थापा छन, अरु छैनन, ‘उनले भने, ‘प्रहरीले पैशा र शक्तिको बलमा हामीमाथि उल्टै संका गरेर अन्यायमा पारिरहेको छ ।’ घटना घटेको तेस्रो दिन मात्रै मुद्दा दर्ता गरेको र दोस्रो दिन कुटपिट गर्ने पक्षको समेत मुद्दा दर्ता गरेर सन्दीप थापामाथिको साँघात्मक ज्यानै लिने उदेश्यको घटना ढाकछोप गर्न खोजिएको उनको भनाई छ । ‘शुरुमा हामीसंग प्रहरीले तपाईको मुद्दा दर्ता गर्र्दैन, गरेपनि जित्ने होईन भनेपछि हामी पीडित पक्षले प्रहरीमाथि शंका गर्ने कि नगर्ने रु’ हो, उता अर्को पक्षले उन्किन खोज्नु स्वभाविक भएपनि प्रहरीको भूमिका पूर्वाग्रही, सत्ता, शक्ति केन्द्रीत भएकाले सन्दीपको परिवार न्याय नपाउने अवस्थामा पुगेको उनको ठहर छ । कुटपिट गर्ने पक्षले हाम्रो घरमा राती आएर कुखुरी ल्याएर मार्न खोजेको भन्दै लगाएको आरोपमा उनले सन्दीय १०÷१५ जना सहित आएको भए, वा कुखुरी ल्याएको भए कसलाई चोट ल्यायो, भन्ने प्रशन गरे । उनले सन्दीपले गल्ती गरेको भएपनि यसरी ज्यानै खाने हिसाबले कुटपिट गर्नु निन्दनिय कार्य भएको टिप्पणी गरे ।

‘हाम्रो भनाई को दोषि को निर्दोष भन्दैनौँ, ‘उनले भने, ‘यो घटनाको जिरो प्वाईन्टबाट निष्पक्ष एव सत्यतथ्य छानबिन गर्नुपर्छ ।’ घाईतेका बाजे भीम बहादुर थापाले आफु काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य र पार्टीको १२ औँ महाधिवेशनका बेला देउवा प्यानलबाट संस्थापन समुहका व्यक्तिलाई हराएको रिसिईबी साँधन नातिमाथि साँधिएको बताए । ‘मेरो नातिलाई कुटपिट गर्ने मध्येकै केही अभिभावक उतिबेला कोईराला प्यानालबाट उम्मेदवार भनेर हारेको थिए, ‘घाईतेका बाजे भीम थापाले भने, ‘आज आएर त्यो राजनीतिक रिसिईबी ईगो मेरो अबोध नाथिमाथि साँधियो ।’
यस्तै आफु शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन कालिकिचको अध्यक्ष हुँदा ०७४ साउन २६ मा शुक्लाफाँटा निकुञ्जबाट पारस जोशी, खगेन्द्र मडै(नितिस), बिरेन्द्र कार्की(प्रज्वलन), रविन्द्र धामी र दुई नाम नखुलेका व्यक्ति काठ काण्डमा पक्राउ गरेपछि नछुटाईदिएको झोकमा अहिले रिसिईबी पोखिएको उनको दुखेसो छ ।
कुटपिट गर्ने पक्षले भने सन्दीप थापा कुखुरी ल्याएर राती आफुहरुको घरमा आएकाले खुकुरी सोस्ने क्रममा दोहोरो झगडा भएको दावि गर्दै आएका छन । बेलडाँडी प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताए । इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज रविन्द्र कठायतले सन्दीप थापा कुखुरी लिएर १०–१५ जना कार्कीको घरमा गएको खबर आउँनासाथ घटना स्थलमा प्रहरी टोली पुगेर घाईते सन्दीपलाई लिएर बेलडाँडी प्राथमिक केन्द्रमा ल्याएको बताए ।
।’ सोही दिन कार्कीले थापा बिरुद्ध लिखित डाडो निवेदन दिएको र घाईते पक्षले पनि दोस्रो दिन कुटपिट गर्ने बिरुद्ध निवेदन दिएको बताए ।’ घाईते पक्षले लगाएको जस्तो आरोप सत्य नभएको र बेलडाँडी प्रहरीले निष्पक्ष छानबिन गरिरहेको बताए । दुवै पक्षले एक अर्का बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बयान लिने काम भईरहेको बताए । ‘कुटपिट गर्ने पक्षले कानुन हातमा लिएको छ, ‘उनले भने, ‘तर दोषिभ ने दुवै पक्ष छन् ।’ रातीका बेला अर्काको घरमा हतियार र ग्याङ लगेर जाने काम र कुटपिट गर्ने दुवै काम गलत भएको उनको भनाई छ ।