नेपालको चर्चित सांगीतीक रियालीटी सो भ्वाईस अफ् नेपालको उपाधी किरण गजमेरले जीतेका छन् । नेपालमा भुटानी शरणार्थीका रुपमा रहेका किरण अमेरीकामा पुनस्थापित भएका थिए । उनी भ्वाईस अफ् नेपालका लागि अमेरीका बाट नेपाल आएका थिए । गएराति सम्पन्न फाईनलमा संसारभर छरिएका नेपालीले अनलाईन र एसएमएसका आधारमा गरेको भोटका आधारमा सर्वाधिक मत ल्याएर गजमेर उपाधी जीत्न सफल भएका हुन् । उनको कोच प्रमोद खरेल रहेका थिए ।
फाईनलमा दीप श्रेष्ठको तर्फबाट दार्जेलिंगका आर्यन तामागं, राजुको तर्फबाट बागलुगंकी तारा श्रीष मगर र तृष्णा गुरुगंको तर्फबाट भोजपुरका ज्वाला राई फाईनलमा प्रतिस्पर्धा गरेका थिए ।
विजेता किरणले नगद २५ लाख रुपैया प्राप्त गरेका छन् । यो हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline