परीक्षा बोर्डको बैठक आज बस्दै , कक्षा १२ को परीक्षा गर्ने वा नगर्नेबारे निर्णय हुने

परीक्षा बोर्डको बैठक आज बस्दै , कक्षा १२ को परीक्षा गर्ने वा नगर्नेबारे निर्णय हुने

  • शनिबार, साउन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको बोर्डले जनाएको छ ।

आज बस्ने बैठकले परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा रोक्न सिफारिस गरेको थियो ।

मन्त्रालयबाट आएको सिफरिस अनुसार सीसीएमसीले कोरोना संक्रमण बढेको काण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएपछि बोर्ड पनि परीक्षाको नयाँ मिति तोक्ने दिशामा अगाडि बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी