झापामा २०२९ पुस १० गते धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्रप्रसाद ढकाललाई खुकुरीले काटेर मारिएको थियो । त्यस बेलाको त्यस घटना पनि विचित्रको थियो । कुरा के हो भने— ज्ञानेन्द्र काशी विश्वविद्यालयमा वायोकेमेस्टीविषयक एमएस्सी पढ्दै थिए र छुट्टीमा झापा आएका थिए । शनिश्चरेमा पनि उनीहरूको भव्य घर थियो; तर उनका आमाबुबा हात्तीकिल्लामा बस्थे । त्यहाँ उनीहरूको फलफूलको जुस बनाउने ‘मोरङ क्यानिङ कम्पनी’ नाउँको ठूलै कारखाना थियो ।
ज्ञानेन्द्रले आफूलाई काट्न आउनेलाई बक्सिङ हानेर त्यहीँ ढालेका थिए । त्यसपछि उनी हाँप र झाँप गरेर भित्र कोठामा पसेका थिए । कोठाभित्र उनी बन्दुकमा टोटा भर्दै थिए । त्यसै बेला हर्कबहादुर खड्कासहित चार जना लाठे उनका कोठाभित्र पसे । त्यसपछि उनीहरूले ज्ञानेन्द्रलाई समाएर घरमुनि लगे । अनि आँगनमा पुर्याएर उनीहरूले ज्ञानेन्द्रका घाँटी खुकुरीले छपक्कै छिनाइदिएका थिए ।
ज्ञानेन्द्र साँझतिर आमाबाबु बसेको घर पुगे । छोरा आएकोमा त्यस घरमा हर्षबढाइँ भइरहेको थियो । अनि साँझ उनीहरू सँगै बसेर रात्रिभोजन गरिरहेका थिए । त्यसै बेला उनीहरूका घरमा पच्चिस जनाको हाराहारीमा विद्रोहीहरू पुगिसकेका थिए । लाठेहरू उनीहरूले भात खाइरहेका ठाउँमा पुगे । त्यसै बेला धर्मप्रसाद ढकाललाई उनीहरूले खुकुरीले काटेर त्यहीँ मारे । त्यसपछि उनीहरू छोरा ज्ञानेन्दप्रसाद ढकाललाई काट्न ठीक परेका थिए । तर ज्ञानेन्द्रले आफूलाई काट्न आउनेलाई बक्सिङ हानेर त्यहीँ ढालेका थिए । त्यसपछि उनी हाँप र झाँप गरेर भित्र कोठामा पसेका थिए । कोठाभित्र उनी बन्दुकमा टोटा भर्दै थिए । त्यसै बेला हर्कबहादुर खड्कासहित चार जना लाठे उनका कोठाभित्र पसे । त्यसपछि उनीहरूले ज्ञानेन्द्रलाई समाएर घरमुनि लगे । अनि आँगनमा पुर्याएर उनीहरूले ज्ञानेन्द्रका घाँटी खुकुरीले छपक्कै छिनाइदिएका थिए ।
दाइ खगेन्द्रप्रसाद ढकाललाई मार्न गएका विद्रोहीले मारिएका व्यक्तिचाहिँ भाइ ज्ञानेन्द्रप्रसाद ढकाल थिए । उनलाई मारिएको यस अञ्जान बेहोराले पछिसम्म शिवप्रसाद शिवाकोटीहरूलाई पछुतो र पीडा भइरहेको थियो । तर उनीहरूका लागि आँखी भएका खगेन्द्र ढकाल पनि झापामा सरल, सहृदयी र सौम्य समाजसेवीका रूपमा नै परिचित थिए । स्थानीय भलादमी, पञ्च र शिक्षकहरू भन्थे— ‘खगेन्द्र ढकालजस्तो नरम, शिष्ट र मर्यादित मान्छे विरलै हुन्छन् ।’ उनले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए र पछि बीएल पनि पास गरेका थिए । उनी त्यसपछि आफ्नै गाउँको सेवा गर्नेहेतु झापा गएका थिए । जनसेवा गर्ने क्रममा उनी पाराखोपी गाउँ पञ्चायतका प्रधानपञ्चमा निर्वाचित पनि भए । उनकै कार्यकालमा र उनैको प्रस्तावमा पाराखोपीलाई अर्जुनधारा गाउँ पञ्चायत बनाइएको थियो (२०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा झापा, शनिश्चरेमा गठित ‘श्री ५ वीरेन्द्र शुभराज्याभिषेक समारोह समिति’मा खगेन्द्र ढकाल र म (नरेन्द्रराज प्रसाई) आयोजक प्रतिनिधि थियौँ ।) ।
धर्मप्रसाद ढकाललाई मारिएको घटनाले झापामा मात्र नभएर देशैभरि ठूलो होहल्ला मच्चाएको थियो । ढकालको हत्या हुनुपूर्व झापा विद्रोहलाई हत्या, डकैती र रिसइवीको घटना मानिन्थ्यो । तर ढकालको हत्यापछि राज्यपक्षबाट यसलाई राजनीतिक रूपमा ग्रहण गर्न थालिएको थियो । ढकाल काण्डमा खड्गप्रसाद शर्मा वली, राधाकृष्ण मैनाली, दधिराम उप्रेतीलाई जनही सोह्र वर्षको कैद, नौ हजार तीन सय तीस रुपियाँ जरिवाना सुनाइएको थियो ।
धर्मप्रसाद ढकाल राजनीतिज्ञ, समाजसेवी तथा साहित्यसेवी थिए । उनी २००७ सालको जनक्रान्तिमा पनि सक्रिय थिए । २००८ सालमा भैरवप्रसाद आचार्य झापा सामयिक सरकारको गभर्नर हुँदा ढकाल अर्थमन्त्री भएका थिए । साथै इलामको करफोकमा २००९ सालमा गठित नेपाली भाषा प्रचारक सङ्घमा उनी कोषाध्यक्ष थिए । अनि त्यस संस्थाको अगुवाइचाहिँ महानन्द सापकोटाले गरेका थिए । त्यसै घडी त्यस संस्थामार्फत उनीहरूले कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको इलामदेखि दार्जिलिङसम्म नै भव्य स्वागत गरेका थिए । २०१२ सालमा बालचन्द्र शर्मा शिक्षा, स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री भएका बखत शर्माले गरेको नेतृत्वका प्रतिनिधि मण्डलमा ढकाल पनि चीन गएका थिए । उनलाई टङ्कप्रसाद आचार्यले पनि काखी च्यापेका थिए । उनको निष्ठाबाट आचार्य प्रभावित थिए । साथै उनी २०२० सालदेखि २०२४ सालसम्म राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए ।
धर्मप्रसाद ढकाललाई मारिएको घटनाले झापामा मात्र नभएर देशैभरि ठूलो होहल्ला मच्चाएको थियो । ढकालको हत्या हुनुपूर्व झापा विद्रोहलाई हत्या, डकैती र रिसइवीको घटना मानिन्थ्यो । तर ढकालको हत्यापछि राज्यपक्षबाट यसलाई राजनीतिक रूपमा ग्रहण गर्न थालिएको थियो । ढकाल काण्डमा खड्गप्रसाद शर्मा वली, राधाकृष्ण मैनाली, दधिराम उप्रेतीलाई जनही सोह्र वर्षको कैद, नौ हजार तीन सय तीस रुपियाँ जरिवाना सुनाइएको थियो । यस घटनामा हर्कबहादुर खड्का, वली, मैनाली र उप्रेतीसहित पन्ध्र जनालाई सजाय तोकिएको थियो ।
झापा विद्रोहले दुवागढीका ज्ञानबहादुर बस्नेतको अन्तिम प्राण लिएको थियो । उनी साधारण किसान थिए । उनी दाउरा चिरेर बेच्तै परिवार पाल्ने गर्थे । उनी साँझपख काखमा आफ्नी तीन महिनाकी छोरी खेलाएर घरै बसिरहेका थिए । त्यसै बेला विद्रोही उनी छेउमा पुगे । केही नबोली विद्रोहीले उनलाई खुकुरीले छपाछप काट्न थाले र अन्ततः काटेरै मारी छाडे ।
झापा विद्रोहको घटना चरम चुलीमा पुगेको थियो । त्यो विद्रोहको राप चप्रामारीमा पनि पुगेको थियो । कुरा के हो भने—पशुपति खरेल भारतको आसामबाट झापाको चप्रामारीमा आएर जग्गा किनेर बसेका थिए । उनका छोरा दुर्गा खरेल र बुहारी त्यस बेला घैलाडुवाको आदर्श विद्यामन्दिरमा नौ कक्षामा पढ्थे । दुर्गा खरेलचाहिँ खड्गप्रसाद वलीका मिल्ने साथी थिए ।
राति खरेलदम्पती टुकी बालेर पढिरहेका थिए । त्यसै बेला विद्रोहीहरू उनीहरूका कोठामा पसे र तैँले हाम्रो सिआइडी किन गरिस् भनेर खरेललाई फलामको भालाले रोपेर पढिरहेकै ठाउँमा मारिएको बेहोरा सार्वजनिक गरिएको थियो । अनि खरेलदम्पतीलाई खड्गप्रसाद वलीले मारेको भन्ने प्रहरी प्रशासनसमक्ष उजुर गरिएको थियो । यसै सन्दर्भमा वलीका गुरु जयप्रसाद यूकेले म (नरेन्द्रराज प्रसाई)लाई भनेका थिए— ‘त्यस दिन खड्गप्रसाद वली गौरीगञ्ज गएका थिए । उनलाई स्थानीय सामन्तले फसाउन खोजेका थिए । तर खरेलदम्पतीलाई चाहिँ डाँकाले मारेको हुनुपर्छ ।’ त्यसै स्कुलमा पढिरहेका भीष्म प्रसाई (पछि एआइजिपी)ले पनि भने— ‘यस मामलामा वलीको चाहिँ हात थिएन ।’
झापा विद्रोहले दुवागढीका ज्ञानबहादुर बस्नेतको अन्तिम प्राण लिएको थियो । उनी साधारण किसान थिए । उनी दाउरा चिरेर बेच्तै परिवार पाल्ने गर्थे । उनी साँझपख काखमा आफ्नी तीन महिनाकी छोरी खेलाएर घरै बसिरहेका थिए । त्यसै बेला विद्रोही उनी छेउमा पुगे । केही नबोली विद्रोहीले उनलाई खुकुरीले छपाछप काट्न थाले र अन्ततः काटेरै मारी छाडे । त्यस घटनामा काखे नानीको अनुहार र शरीर पनि पूरै रगतले भिजेको थियो । उनी भूइँमा बजारिएर रोइरहेकी थिइन् ।
झापा विद्रोहका प्रायः घटना साहित्यकार तथा स्थानीय ‘विवेचना’ दैनिकका प्रधान सम्पादक नकुल काजीको अभिलेख (डायरी)मा पनि पाइन्छन् । वास्तवमा झापा हत्याका सबै घटनास्थलमा प्रहरीसँगसँगै या अघिपछि पुग्नेहरूमा नकुल काजी नेपाल राष्ट्रभरिकै एक मात्र पत्रकार थिए ।
झापा विद्रोहको परिकल्पनाकार शिवप्रसाद शिवाकोटी थिए । उनको शेषपछि विद्रोहीमध्ये केही कुनैले म नै त्यस विद्रोहको नाइके हूँ भनेर पनि लेखे । डा.नारदनाथ भारद्वाज र सोमनाथ दाहालले सम्पादन गरेको ‘शिवप्रसाद शिवाकोटी : झापा विद्रोहका एक कमान्डर’नामक ग्रन्थ (२०७७) मा सीपी मैनालीदेखि मोहनचन्द्र अधिकारीलगायत पूर्वप्रधानमन्त्री खड्गप्रसाद वलीसम्मले शिवप्रसाद शिवाकोटीलाई झापा विद्रोहका जगढुङ्गा, कमान्डर र मियोकै रूपमा प्रस्तुत गरेको पाइन्छ ।
झापा विद्रोहमा अनाहक धेरै सोझासाझा र कसुरविहीन मान्छ पनि फसेका थिए । उदाहरणका लागि यसबारे नकुल काजीले म (नरेन्द्रराज प्रसाई)लाई भनेका थिए— ‘मङ्गल सुनुवार पनि हत्याकाण्डमा सहभागी थिए । उनलाई पक्रिन चार जना प्रहरी हल्दीबारी पुगेका थिए । उनीहरू त्यहाँ स्थानीय महाजन हाँगा राजवंशीका घरमा बास बसेका थिए । हाँगा त्यस क्षेत्रकै धनी मान्छे थिए । उनी कति धनी थिए भने उनका घरमा हात्ती पनि पालिएको थियो । तर उनी सारै सोझा र सुधा थिए । उक्त दिन पुलिसहरू राति उनकै घरमा बास बसेका थिए । अड्डाका जोसुकै मान्छे त्यस ठाउँमा पुगेपछि हाँगाका घरमा भात नखाई उनीहरू फर्कंदैन थिए ।
राति हाँगाका घरमा बास बसेका प्रहरीले बिहानै हाँगा राजवंशीलाई सोधे— ‘मङ्गल भनेका को हुन् ?’ हाँगाले ‘मङ्गल भनेको त उ पर खेतमा हलो जोतिरहेका मान्छे हो’ भनेर देखाइदिए । वास्तवमा मङ्गललाई प्रहरीले किन खोजेको भन्ने बेहोराको हाँगालाई केही ज्ञानै थिएन । त्यसैले मङ्गल सतारलाई प्रहरीले मङ्गल सुनुवार भनेर समाएर लगेका थिए । त्यस असावधानीले नाउँ मिलेकै कारण एउटा सोझो हलीलाई पनि सोह्र वर्ष जेलमा राखिएको थियो ।’
झापा विद्रोहमा डेढदुई सय योद्धाहरूको सहभागिता थियो । तर त्यहाँ शिवप्रसाद शिवाकोटीचाहिँ प्रशासनका मुख्य आँखी थिए । त्यसैले उनको टाउको हाजिर गराउनेलाई सरकारले पुरस्कार दिने भन्ने हल्ला पनि चारैतिर छरिएको थियो । विद्रोहको कार्य आरम्भ भएपछिका दिनहरूमा त्यहाँ उनको मात्र नेतृत्वले साथ दिएको मानिएन । त्यतिखेर उनले भारतमा बसेर योजना बनाउँदा त्रुटि पनि भएको थियो । यसबारे पछि उनले म (नरेन्द्रराज प्रसाई)लाई भनेका थिए— ‘झापा विद्रोहमा कोही नमर्नुपर्ने मान्छे पनि मरे र कोही मर्नैपर्ने भनिएका पनि बचे । त्यस बेलाको विद्रोहलाई हामीले वैज्ञानिकीकरण गर्न नसक्ता हामीप्रति नकारात्मक जनभावना पनि पलाएको हो । तर यति हो झापा विद्रोहको जग नै नेपालमा बहुदलीय प्रणालीको आरम्भ भएको हो भनेर सबैले स्वीकार्नै पर्छ ।’ शिवप्रसाद शिवाकोटीका यी संवाद खसेका बेला नेपालमा गणतन्त्रचाहिँ आउने कुनै प्रकारको पनि सङ्केत देखिएको थिएन । तर पनि असोचनीय कुरा नेपालमा गणतन्त्र आयो र त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहिँ भन्न बिराएनन्— ‘झापा विद्रोह नेपाली राजनीतिक इतिहासमा एउटा कोशेढुङ्गा हो ।’
शिवप्रसाद शिवाकोटीको जीवनी− १६ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीबारे उनका सहयोद्धाको उद्घोष’ पढ्नुहोला ।