भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान बिरुद्धमा शिक्षक संघको आन्दोलन

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान बिरुद्धमा शिक्षक संघको आन्दोलन

तीन सातादेखि शिक्षा शाखामा तालाबन्दी, संघ रिलेअनसनमा

  • मङ्लबार, साउन १९, २०७८
  • डम्मर दत्त भट्ट

  • 5.9K
    SHARES

कञ्चनपुर, १९ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान बिरुद्धमा सत्ताधारी काँग्रेस निकट नेपाल शिक्षक संघ आन्दोलित भएको छ । शिक्षक संघले दरबन्दी मिलान नीति, विधि, बिपरित भएको आरोप लगाउँदै दुई सातादेखि आन्दोलनमा उत्रिएको हो । संघमा आबद्ध शिक्षकले दरबन्दी मिलानको नाममा आफन्त मिलान भएको, केही सीमित व्यक्तिलाई प्रअ बनाउने चलखेल भएको आरोप लगाउँदै ३ साउनदेखि आन्दोलनमा उत्रिएका छन ।
साउन पहिलो साता शिक्षक संघले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएको थियो । शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । तीन सातादेखि तालाबन्दी जारी नै ।तर, शिक्षक संघले फेरी सोमबारदेखि रिले अनसन शुरु गरेको छ । शिक्षा शाखामा तालाबन्दीका कारण कर्मचारी अन्यन्त्र शाखामा बस्नुपर्ने बाध्यता र कामकाज समेत प्रभावित भएको छ ।
शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष मदन बहादुर विष्टले दरबन्दी मिलान भन्दा पनि व्यक्ति मिलान भएको भन्दै असहमती जनाए । ‘यहाँ शिक्षकको दरबन्दी मिलान भएको छैन, ‘उनले भने, ‘केही व्यक्ति आफन्तको मिलान भयो, हामी मारमा प¥यौँ ।’
निरन्तर तीन सातादेखि शिक्षक संघ आन्दोलनमा हुँदा समेत संचार क्षेत्र सहित विभिन्न निकायबाट सहयोग नपाईएको उनको दुखेसो छ ।
नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिह धामीले नगर शिक्षा समितिले दरबन्दी मिलानका नाममा छानिछानी व्यक्ति मिलान गरेको आरोप लगाए ।
‘उच्च स्तरिय शिक्षा सुधार कार्यदलले दिएको सुझाव, प्रतिवेदन, दरबन्दी मिलान निर्देशिका र कार्यबिधी विपरित दरबन्दी मिलान भयो,‘उनले भने, ‘विधि बिरुद्धमा भएको काममा संघलाई कदापी स्वीकार्य भएन, त्यही भएर हामी आन्दोलित भएका हौँ ।’ तीन साता नियमित आन्दोलनमा होमिदा समेत सम्बन्धीत निकायबाट वार्ताका लागि पहल समेत नभएको उनको भनाई छ । ‘हाम्रो जायज माग डाईभट गर्नका लागि अनेकन षड्यन्त्र भईरहेका छन, ‘उनले भने, ‘हामी विधि विपरित भएको कामको बिरोध गर्न गल्ती सच्याउनका लागि नगरपालिकासंग अनुरोध गछौँ ।’
शिक्षक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले दरबन्दी मिलान बारे बनाएको निर्देशिका, कार्यबिधी मिच्दै नगरपालिकाले मिलान गरेको आरोप लगाए । ‘हामी विधि प्रकृयाको बिरोधमा छौँ, ‘उनले भने, ‘यहाँ मेरै नाम र म पढाउने विद्यालयको नामबाट गलत प्रचार गरिदैछ, ‘उनले भने, ‘त्यो कदाचित होईन ।’ दरबन्दी मिलान कार्यविधी ०७६ र नगरपालिकाकै उच्च स्तरिय शिक्षा सुधार समितिले दिएको प्रतिवेदन बिरुद्धमा दरबन्दी मिलान भएको उनको दावि छ ।
भीमदत्त नगरपालिकाले दरबन्दी मिलान कार्यविधि, नियम अनुरुप भएको जनाएको छ । दरबन्दी मिलानमा केही विगतदेखि तह कम भएका शिक्षकले प्रअ भएर हैकम चलाउँदै आएको अहिले दरबन्दी मिलाउन हुँदा प्रअ पद गुमेपछि असन्तृष्टता प्रकट गर्दै आन्दोलनमा उत्रिएको आँलकन गरेको छ ।
अढाई दशकदेखि जगल्टीएको दरबन्दी मिलान समस्या नगरपालिकाले कार्यविधि अनुरुप गर्दा केही शिक्षक व्यक्ति आन्दोलित भएको भीमदत्त नगरका प्रवक्ता हिमालय चन्दले बताए । प्रवक्ता चन्दका अनुसार संघ सरकारले बाध्यकारी निर्देशन अनुरुप नगरपालिकाले विधि अनुरुप दरबन्दी मिलान गरेको बताए । ‘हामीले कार्यविधि, उच्च स्तरिय शैक्षिक सुधार कार्यदलको प्रतिवेदन अनुरुपै दरबन्दी मिलान गरेका छौँ, ‘प्रवक्ता चन्दले भने, ‘दरबन्दी मिलानमा कुनै शिक्षकले असहमती जनाएर आन्दोलित भएको विषयमा हामी के भन्छौँ, सरकारले खटाएको विद्यालयमा गएर कर्तव्य पुरा गर्ने कि ?आन्दोलन गरेर राजनीति गर्ने ।’ उनले कोरोनाले थलिएका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि चासो दिएर आन्दोलन छाडेर काम गर्न समेत आग्रह गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी