नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । यही साउन १७ गते आइतबार भएको उक्त कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार तथा नेपालले जीतेको एउटा अन्तराष्ट्रि पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले वियजी चलचित्र तथा चलचित्रकर्मीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाली फिचर फिल्म प्रतियोगिता अन्तर्गत बेस्ट फिचर फिल्म अवार्ड ‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै वेष्ट पेन्डेमिक फिल्म अन्तराष्ट्रिय प्रतिष्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद पचास हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी नेपाली सर्ट फिल्म प्रतियोगिता अन्तर्गत राजेशप्रसाद खत्री को अ स्केयरक्रोले बेस्ट सर्ट फिल्म अवार्ड नगद पचास हजार र ट्रफी प्राप्त गरेको छ ।
पुरस्कार वितरण कार्यक्रममा वेष्ट सिनेमाटोग्राफि नेशनल फिचर फिल्म – शिरिस गुरुङ ९लाटो कोसेरो०, वेष्ट स्क्रिन प्ले नेशलन फिचर फिल्ममा – सेर्गियो बासो ९ सरिता – टेल मि हु एम आई ०, वेष्ट एक्ट्रेस नेशनल फिचर फिल्ममा सरिता गिरी ९-लाटो कोसेरो , वेष्ट एक्टर नेशनल फिचर फिल्ममा नविन सिल्पकार -लाटो कोसेरो ले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
अवार्ड वितरण कार्यक्रमा बोल्दै प्रमुख अतिथि दयाराम दहालले कोरोनाको कारण नेपाली चलचित्र गम्भिर अवस्था रहेको भन्दै यस क्षेत्र पुनः स्थापित गर्न सम्पुर्ण रुपले आफु लागि परेको बताएका छन् । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव नेपालको एकमात्र प्रतिनिधिमुलक अन्तराष्ट्रिय अवार्ड भएकोले सबै नेपाली चलचित्रकर्मी साथ दिनुपर्ने उनले बताए ।
त्यस्तै कार्यक्रम निफका संयोजक केपी पाठकले चौंथो संस्करण विजयी चलचित्रकर्मीहरुलाई बधाई दिदै आफ्ना केही तिता अनुभव पनि शेयर गरे । विशेष गरेर नेपाली चलचित्रकर्मीले नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन देखाएको उदासिनपनि दुखेसो पोखेका पाठकले पाचौ निफमा चौथोमा जस्तो फिचर फिल्म प्राप्त गर्न दुस्ख नहुने आशा ब्यक्त गर्दै अन्तराष्ट्रिय रुपमा ख्याती कमाई रहेको यस महोत्सव नेपाली चलचित्रकर्मिको लागि पनि महत्वपूर्ण प्लेटफोर्म भएको र अन्तरास्ट्रीय बजारिकरणमा लागि रहेको हुनाले यस महोत्सबमा सम्पूर्ण नेपाली चलचित्रकर्मी र क्षेत्रले सक्रीय सहभागीता जनाइ आफ्नो महसुस गर्दै सो अबसरको सदुपयोग गर्न पनि आग्रह गरेका छन् । यसैगरि जुरी जुरी सदस्यको तर्फबाट राजभाइ सुवालले यो महोत्सवका अन्य अन्तराष्ट्रिय जुरीहरुसँगको सहकार्यको अनुभव शेयर गरेका थिए ।
कोरोना महामारीका कारण भच्र्यूल रुपमा गत बैशाख २३ देखि २७ सम्म सम्पन्न भई अवार्ड घोषणा भएको थियो । भच्र्यूल रुपमा भएको कारण पुरस्कार वितरण हुनसकेको थिएन । तर कोरोना केही कम भई सरकारले पनि केही गतिविधि खुला गरेको कारण चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव ९निफ० पुरस्कार वितरण समारोह सरकारी पोर्टोकलको पालना गर्दै सिमित ब्यक्तिहरुको उपस्थितिमा आज भएको हो ।
ुविश्वका कथाहरुको उत्सव नेपाल अन्तरास्ट्रीय चलचित्र महोत्सब’ भन्ने नाराका साथ आयोजना हुदै आएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव ९निफ० को पाँचौं संस्करणको आवेदन खुल्ला गरिएको औपचारिक रुपमा घोषणा पनि आजै गरिएको छ । धधध।लषा।यचन।लउ यच ाष्mिाचभभधबथ।अयmरलषाद्दण्द्दद्द बाट गत असार १७ गतेदेखि नै आवेदन खुल्ला गरिएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पौष १० गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११ गतेमा छनौट भएका चलचित्रहरुको घोषणा गरिनेछ ।
निफको पाँचौ संस्करण २०७८ चैत्र १० देखि १४ गतेसम्म हुनेछ ।
निफको चौथो संस्करणको सफल आयोजनाको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्ने सम्पुर्ण संघ संस्था, विज्ञापनदाता, प्रायोजक सह प्रायोजक सञ्चारमाध्यमहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यस प्रतिष्ठानका आगामी कार्यक्रमहरुमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा निफ निफ आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले राखेको छ ।
