“यो कलेजमा सरहरू सारै पक्षपाती छन् केटीहरूले ठुलै गल्ती गर्दा पनि केही भन्दैनन् तर हामी केटाहरूको सानो गल्तीमा पनि पनिस (सजाय) गर्छन्” प्रभातले आफ्नो पीर तर्कका रूपमा राख्यो । ऊ अझै भन्दै थियो– “त्यति मात्रै हो र ? यो कलेजको डिआइ त झनै हरामी पो छ त । सेम मिस्टेकमा केटीहरूसँग मस्कँदै बस्छ, हामी केटाहरूलाई त पाता नै कस्छ ।”
केटाहरूले “हो हो सर हो हो” भन्दै जोरसँग ताली र डेस्क ढोके ।
आपूmहरूलाई आरोप लगाएको सुनेपछि केटीहरूलाई जोश चढ्यो । उनीहरू पनि के कम । प्रतिवाद गर्दै भन्न थाले– “होइन सर १ यी केटाहरू नै पो वदमास हुन् । आपूmहरू कलेज डे«समा चोकमा बसेर अर्को कलेजका केटी जिस्क्याउँछन्, क्याफेमा बसेर चुरोटको धूप बालेर बस्छन्, आज सरले तिनेर्को आरती नउतारी छाड्नुहुन्छ त ।” पूर्णिमाले चर्को स्वरमा भनी ।
अब हुटिङ गर्ने पालो केटीहरूको थियो । केटीहरूले हो हो सर भन्दै ताली ठोके केटाहरू तर्फ फर्केर खुच्चिङ भन्न थाले ।
कलेजको कक्षामा शिक्षकले हप्तामा एक दिन यस्तै यस्तै रमाइलो वादविवाद, वक्तृता, कविता वाचन जस्ता सिर्जनात्मक कार्य गराउने गर्थे । आज वक्तृताको पालो परेको थियो । पारिजातद्वारा लिखित ‘मानुषी’ कविता पढाइसकेपछि त्यसैको सिर्जनात्मक कार्यको पूरककार्यका रूपमा वक्तृता प्रतियोगिता राखिएको थियो ।
उक्त प्रतियोगितामा कक्षा ११ का प्रभात पूर्णिमा, मिङमा, दावा, रामलखन र रमिता सहभागी थिए । कक्षाभरिका विद्यार्थी स्रोता थिए । स्वभावैले छात्रहरू र छात्राहरू दुई पक्ष भएका थिए । चारजना छात्र र चारजना छात्रा वक्ताका रूपमा सहभागी थिए । शीर्षक थियो– “विद्यालय र घरमा केटा र केटीमा हुने भेदभाव ।” उक्त वक्तृतामा कक्षाका किशोर किशोरी मुक्त रूपमा मनका भावना राखिरहेका थिए । सधै सधै शिक्षकको एकोहोरो बाँस चिरिए जस्तो कर्कश स्वर सुन्न विवश विद्यार्थीहरू कक्षामा आपूm पनि सहभागी हुन पाउँदा र मनका कुरा खुलेर राख्न पाउँदा उन्मुक्त थिए ।
एक प्रकारको फोसिलजस्तो शिक्षकले सधैँ रेडिमेड र बासी पाठ एकोहोरो पढाइरहने क्लासको माहोल आज अर्कै थियो । शिक्षकको एकोहोरो, नीरस र अत्यासलाग्दो लेक्चरले विद्यार्थीहरूको प्रतिभा तिखारिने होइन कि मठारिन्थ्यो ।
आज उनीहरू निस्फिक्री आफ्ना तर्क राखिरहेका थिए, उनीहरूलाई आजको कक्षा नै वास्तविक कक्षा लागेको थियो र प्यारो कक्षा लागेको थियो ।
सधै–सधै यस्तै विद्यार्थी केन्द्रित विधिको प्रयोग गरिदिए कति विद्यार्थीहरूको सिर्जनशील प्रतिभाले हाँगाविँगा हाल्दो हो ।
कक्षामा वक्तृता चलेकै थियो । दावा आफ्नो दावा पेस गर्दै आफ्ना तर्क राख्न अघि स¥यो–
“केटीहरू जति गुनगुन र खुसखुस गरे पनि देखेको नदेखेझैँ गर्ने तर केटाले एस्सो मुन्टो फर्कायो कि त ए , कता हेरिस्, उठ् भनी उठाइहाल्ने यस्तो भेदभाव यहाँ केटाहरूलाई गरिन्छ ।” दावाको तर्क माथि तरर्र ताली पिटेर छात्रहरूले समर्थन गरे ।
दावा वास्तवमा कक्षामा प्रश्नोत्तरमा सरिकै नहुने विद्यार्थी थियो । ऊ उठेर प्रश्नको जवाफ दिन पनि हिच्किचाउँथ्यो अरू दिन । तर जब आज उसले मुक्त रूपमा र उसलाई मनमा लागेको कुरो निस्फिक्री बोल्न पायो । उसको लाज, डर, सङ्कोच सब हराएर गएको थियो ।
दावाको पालो पछि मिङ्मा उठिन् । उनले दावाको दावीलाई खण्डन गर्दै भनिन्– “हेर कत्ति भन्न सकेको हो रु ‘उल्टा चोर कोतवालको डाँटे’ भनेको यही हो । कलेज कोड अफ कन्डक्ट उल्लङ्घन गरेर तीन–तीन पटक निस्कासनमा परेकाको यत्रो फुर्ती रु खुरु खुरु हामी केटीहरूले जस्तै पढ न तिमीहरूलाई कसले के गर्छ रु आफ्नो ऐना हेर्नु नि पैले ।”
केटाहरूलाई पनि जङ् चल्दै थियो । उनीहरू कराउँदै थिए, शिक्षकले बिच्चैमा स्टप नोइज ९हल्ला नगर० भन्दै सचेतकको भूमिका खेल्दै थिए ।
केटाहरूको गुनासो थियो केटीहरूलाई सरहरूले सपोर्ट गर्छन् तर हामीलाई अनावश्यक दुःख दिन्छन्, त्यसैले कलेजमा हामीप्रति भेदभाव छ । तीमध्ये एक केटाले हात उठाएर भने “सर म केही भन्न सक्छु ?”
शिक्षकले सबै विद्यार्थीलाई सोधे यिनलाई बोल्न दिऊँ । केटाहरूले हुन्छ हुन्छ भने र केटीहरू पनि “सुनुम् न त के भन्दो रछ” भन्दै हाँस्न थाले ।
सर त्यो म्याथसर त केटी भनेपछि भुतुक्कै, केटालाई त खुत्रुक्कै पो पार्छ त ? सर शिक्षकले भने सरलाई ‘पार्छ’ भन्ने हो ? ‘पार्नुहुन्छ’ भन्नु पर्दैन ? केटाले सरी–सरी सर भन्दै कपालमा हात राख्दै अप्ठ्यारो महसुस ग¥यो ।
केटाहरूको गुनासो विशेष गरी सरहरू, डिआइ, भाइस पिन्सिपल, प्रिन्सिपल र सम्पूर्ण पुरुष शिक्षकप्रति थियो ।
कक्षाको वातावरण निकै रोमाञ्चक, रमणीय र वहसमय बन्दै गइरहेको थियो । बेलाबेला केटीहरू केटाहरूतर्पm फर्के जिभ्रो निकाल्दै मुख बिगारेर गिज्याउँथे भने केटाहरू पनि केटीहरूलाई पुरुषसत्ताको धाक अनुरूप कै पोज देखाउँथे ।
प्रभातले तीतो पोख्दै भन्यो– “फेसबुकमा केटीको फोटो देख्यो भने हजारौँ लाइक र कमेन्ट आउँछन्, हामी केटाहरूका फोटामा त लाइकै आउँदैनन् यो त भेदभाव भएन र ?”
प्रभातको भनाइ भुइँमा खस्न नपाउँदै पूर्णिमाले प्रतिवाद गरी “अँ हामी केटीहरूका फोटामा कमेन्ट र लाइक गर्ने को नि रु तिमी केटाहरू त हौ नि”, केटीहरूतिर फर्केर समर्थन पाउने भावमा उसले भनी– कि कसो साथीहरू हो ?
सबै केटीहरूले परर्र ताली पिटे र हो–हो–हो–हो भन्दै करिब ३० सेकेन्ड कक्षा हो–हो ले गुन्जायमान भयो । केटाहरू गलल्ल हाँसे ।
कक्षामा गरमागरम बहस थियो । कलेजमा केटाहरूप्रति हुने गरेको भेदभाव पक्षले करिब करिब बाजी मार्दै थियो ।
शिक्षकले भने– ल–ल अब घरपरिवारमा छोरा छोरी भएकैले बाबु आमा दाजुभाइ दिदी बहिनीहरूबाट हुने के कस्तो भेदभाव बेहोरेका छौ रु शिक्षकको प्रश्न भुइँमा खस्न नपाउँदै कक्षाका आधा भन्दा बढी विद्यार्थीले बोल्नका लागि हात उठाए ।
शिक्षकले यसबारेमा बोल्न १०–१० सेकेन्डको समय दिए । सबभन्दा पहिले काली–काली हिसी परेकी चारुभा चौधरी बोल्न उठिन् र भनिन्– “हाम्रो तराइमा त छोरा छोरीमा ठुलो भेदभाव छ । छोरी जन्मेकै डिन बाबुआमाका टाउकामा दाइजोको ऋण बोकाएर जन्मिन्छिन् रे, त्यसैले छोराको महत्व बढी छ सर ।”
त्यसपछि तृप्ति तामाङ उठिन् उनले भनिन्– “हाम्रो मा त केटालाई दाइजो साइजो दिइन्न क्यारे, चारुभाले भने जस्तो छोरा छोरीमा भेदभाव नभए पनि केटालाई बढी फ्री हुन्छ भने हामी केटीलाई कम । यो चाहिँ भेदभाव हाम्रो समाजमा छ ।”
त्यसपछि उठे रेशम रिमाल । उनले भने– “घरमा पनि केटीहरूलाई चाडपर्व आउँदा दक्षिणा दिन्छन् हामीहरू त ठन्डाराम ।” पुनः कक्षा हाँसोमा गुञ्जियो ।
नेपाली शिक्षक हरिदत्त पनेरुले बहसको क्रम अघि बढाउन भने पछि रामलखन उठेर आफ्नो तर्क राखे
“हामीहरूलाई घरमा पनि भेदभाव छ, चाड, पर्व आउँदा पूजा उत्सव पर्दा केटीलाई दक्षिणा दिन्छन् । हामी केटालाई त बालमतलव गर्छन्, टीका लगाएर हातमा पूmलको पात मात्र थमाउँछन्, कम्ता रिस उठ्दैन, हाम्लाई ।” विद्यार्थीहरू कोठै थर्कने गरी गलल्ल हाँसे ।
रमिताले रामलखनको कथनमाथि प्रश्न गर्दै भनिन्– अँ।।। तिमी केटाहरूलाई कम मस्ती छ ।” डेडी मम्मीहरूले तिमीहरू जति ढिलो घर आए पनि केही भन्नु हुन्न, हामी केटीलाई त अलिकति ढिलो भने कि फोन गरेर हैरानै पार्नुहुन्छ भन्या । हामी ढिलो घर आउँदा उहाँहरूको इज्जत जान्छ रे, राख्नु नि आफ्नो इज्जतलाई चुकुल लगाएर, कोठामा थुनेर ।”
बेन्चमा हातले ठोक्दै केटीहरूले हो भन्दै हुटिङ गरे ।
समष्टिमा त्यहाँ केटीहरूले आफू माथि हुने भेदभाव यसरी प्रस्तुत गरे ः
छोरीहरूलाई बाबुआमाको क्रियाकर्ममा सहभागी बनाइन्न यो भेदभाव हो,
कुनै पनि कामको ज्याला महिलालाई पुरुषलाई भन्दा कम दिइन्छ,
पुरुषहरूले आफ्नो उच्च दर्जा देखाउन महिलालाई हेपेका हुन्,
पुरुष घरबाट हिँड्दा र ढिला घर फर्कंदा केही नहुने तर महिला ढिलो आएमा नानाभाँती शङ्का गरिन्छ,
सार्वजनिक सवारीमा नारीहरूमाथि दुव्र्यवहार हुन्छ,
छोरा जन्मँदा खसीको झोल र छोरी जन्मँदा फर्सीको झोल भन्छन्, यस उखानले छोरीमाथिको भेदभाव दर्शाउँछ,
छोरालाई सम्पतिको अधिकार हुन्छ छोरीलाई हुन्न ।
छाउपडी, देउकी जस्ता कुप्रथाको सिकार छोरीहरू छन ।
क्याम्पहरूमा ओभरनाइट स्टेमा केटालाई सजिलै पठाइन्छ केटीलाई पठाइन्न,
महिला शिक्षित भए पनि जागिर खान पुरुषको मुख ताक्नु पर्छ,
केटाले लभ गरेको शानसँग भन्छन्, केटीले भन्न पाउँदैनन्,
केटीहरू विवाह पछि केटाका घरमा जानुपर्ने तर केटाहरू केटीको घरमा जानु नपर्ने,
विवाह पछि केटीहरूलाई तनावै तनाव।।।,
त्यसपछि शिक्षकले भने– अब केटाहरूको पालो, केटाहरूले सामूहिक रूपमा लेखेर आफूमाथि हुने भेदभावका बारे यी बुँदा लेखेर दिए–
स्कुल स्तरमा अध्ययनरत रहँदा खास गरी गुरुहरूले केटाहरूलाई भन्दा केटीहरूलाई बढी माया, सहयोग गरेको भोग्यौँ ।
हाम्रो समाजमा मैले देखेअनुसार पुरुषहरू भन्दा महिलाहरूले चाहिँ धेरै मौका तथा अवसरहरू पाउँछन् ।
पुरुषहरू भन्दा महिलाहरूमा अहमता धेरै हुने । महिलाहरूलाई अवसर र हौसला पाउँदा पाउँदै पनि सायद डरले अगि नसर्ने गर्छन् ।
मायाजालमा पारेर उनीहरूले केटाको जीवन मरुभूमिभैmँ पार्ने केटाहरूको विचल्ली हुने गर्छ ।
नारीहरूले पुरुषहरूलाई आफ्नो नराम्रो अवस्थाको साथ दिने साधन बनाउँछन् ।
झट्ट हेर्दा यो कक्षा समावेशी प्रकृतिको थियो । यस कक्षमाा मानौं सिङ्गो नेपाल समेटिएको थियो, किनभने त्यही थिए– मधेशका मनोहरलाल, मानकुमारी महतो, हिमालका दावा र मिङ्मा शेर्पा अनि पहाडका प्रभात र पूर्णिमा । यहाँ दार्चुलादेखि इलाम र कञ्चनपुरदेखि झापासम्मका विद्यार्थीहरू थिए । वास्तवमा भन्नु पर्दा त्यो क्लास समावेशी प्रकृतिको थियो । किनकि त्यही थिए विक्रम विश्वकर्मा, सोहनलाल सतार, चारुभा चौधरी, प्रकाश परियार, मुहम्मद आलम, तृप्ति तामाङ, रमिता राई, लालध्वज लिम्बू र तुलाराम तण्डुकार । मानौँ त्यो कक्षा पृथ्वीनारायण शाहले भनेजस्तै चारजात छत्तीस वर्णको फूलवारी जस्तै थियो ।
काठमाडौँको मध्य सहरस्थित चर्चित कलेज हरिदत्त पनेरु नेपाली शिक्षक थिए । कक्षामा सधैँ सधैँ कति आफूले मात्रै पठाइरहनू भन्दै उनी बेला बेला विद्यार्थी केन्द्रित कार्यकलाप पनि गर्थे । उसो त शिक्षाशास्त्रीय मान्यता अनुरूप कक्षा भनेकै विद्यार्थी केन्द्रित हुनुपर्छ र शिक्षक सहजकर्ता मात्र हो । हरिदत्त पनेरुले त्यस दिन कक्षामा नेपाली पाठ्यपुस्तक पारिजातद्वारा लिखित मानुषी कवितासँग सम्बन्धित अभिव्यक्तिपरक अभ्यास गराउँदै थिए । आज कलेजको कक्षामा नेपाली शिक्षकले बहस-अन्तरक्रिया राखेका थिए ।
कार्यक्रम सकिनै लाग्दा हरिदत्तले भने, हो, हाम्रो समाजमा कुनै कुनै रूपमा यो भेदभाव छ । हाम्रो समाज जति शिक्षित हुँदै जान्छ, त्यति यो भेदभाव हट्दै जान्छ । यो भेदभाव सबैले आ–आफ्नो घर समुदाय र समाजबाट हटाउँदै जाँदा स्वतः हट्छ । करिव सय वर्ष पहिले सती प्रथा थियो आज छैन, तर पनि भेदभावका नै अवशेष अभैm छन्, ती पनि क्रमशः निर्मूल हुनेछन् । आजलाई यत्ति है । हुन्छ सर विद्यार्थीले भने ।