एमालेका यी आठ सांसद जसले सुईको समेत नदिई रातारात ओलीको साथ छाड्दै देउवालाई मत दिए

एमालेका यी आठ सांसद जसले सुईको समेत नदिई रातारात ओलीको साथ छाड्दै देउवालाई मत दिए

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 29.9K
    SHARES

एमाले भित्र अध्यक्ष केपी ओलीमाथि अर्को प्रतिघात भएको छ । ओलीले नै मन्त्री बनाएका पूर्व वनमन्त्री प्रेम आले सहित ८ जना सांसदले सुंईको समेत नदिई एकाएक फ्लोर क्रस गरेर देउवाको पक्षमा मतदान गरेका छन् । माधव नेपाल सहित सो समुहका सांसदले घोषित रुपमै मत दिने भनेका थिए ।
तर संसद भवनमा मतदान भईरहँदा ओली समुहमा रहेका ८ जना सांसदले अन्तिम समयमा देउवाको पक्षमा उभिएर ओलीको साथ छाडेका छन् ।
ती सांसदहरुमा पूर्व वनमन्त्री प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन् ।
यी बाहेक माधव नेपाल, रामकुमारी झाँक्री, निरुदेवी जैरु लगायत कुल २२ एमाले सांसदले देउवाको पक्षमा मतदान दिएका छन् ।
एमालेले देउवाको पक्षमा मत दिनेहरु एमाले हुन नसक्ने निर्णय गरेको थियो । ओलीले मन्त्री समेत बनाएका आफ्नै भनेर ठानेकाहरुले नै अन्तिम समयमा घात गरेको ओली समुहका एक नेताले बताए ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी