नेपालमा नयाँ प्रधानमन्त्री बनेकै दिन बधाई दिने र भ्रमणको निम्तो दिई हाल्ने भारतीय परम्परा तोडे मोदीले , के हो कारण ?

नेपालमा नयाँ प्रधानमन्त्री बनेकै दिन बधाई दिने र भ्रमणको निम्तो दिई हाल्ने भारतीय परम्परा तोडे मोदीले , के हो कारण ?

  • शनिबार, साउन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.1K
    SHARES

छिमेकी मुलुक भारतसँग नेपालको सम्बन्ध बहुआयामिक छ । भौगोलिक रुपले नेपाल भारतको तीन तिर जोडिन्छ । भौगोलिक कारण होस् या अरु कारणले सांस्कृतिक सम्बन्ध पनि प्रगाढ छ । तर राजनीति उत्तारचढावपूर्ण हुने गरेको छ ।
खास गरी २००७ सालदेखि नेपालको राजनीतिमा भारतको चासो र दख्खललाई नेपाली राजनीतिमा राष्ट्रवादी दृष्टिकोणबाट हस्तक्षेपको रुपमा बुझिदै आएको छ ।
केही समय अघि सम्म पनि नेपालका प्रधानमन्त्री केपी ओलीले आफ्नो ४१ महिना लामो कार्यकालमा भारतसँगको सम्बन्ध दुई चरणमा व्यवहार गरे । एउटा भारतसँग सामिप्यता बढेको अर्थमा र दोस्रो राष्ट्रवादका आधारमा भारतसँग तनावपूर्ण सम्बन्धको अर्थमा । जतिखेर ओलीले चुच्चे नक्सा, भगवान रामको जन्मभूमि अयोध्या नेपालमा भएको , भारतबाट आउने कोरोना भाईरस अलि कडा भएको जस्ता धारणाहरु सार्वजनिक गरे । भारत पूर्णतः त्यसको बिरोधमा थियो । उसले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमिमा अतिक्रमण गरेको कुरामा नेपालको पटक पटकको प्रयासमा पनि प्राथमिक वार्ता गर्न अस्वीकार गर्यो । त्यो बेला ओलीलाई राष्ट्रवादी अर्थमा बुझियो ।
तर जब बालुवाटार भित्रै रातारात भारतीय प्रमुख जासुस सामन्त गोयल आए, भारतीय सेनाअध्यक्ष आए, विदेश सचिव आए र भारतीय प्रमुख जासुसी संस्था रअका अरु कर्मचारीहरु सक्रिय भएको भनियो । त्यसलाई नेपालमा फेरी ओलीको जनघात, राष्ट्रघात र विदेशी शक्तिको हस्तक्षेप निम्त्याएको अर्थमा व्याख्या गरियो । त्यसपछि ओलीको सम्बन्ध भारतसँग राम्रो भएको भनियो ।
भारतसँग प्रधानमन्त्रीमा ओली नै हुनु पर्छ भन्ने चाहनाले हो वा किन हो ? यस पटक भारतले नेपालमा प्रधानमन्त्री नियुक्त हुने वित्तिकै औपचारीक बधाई दिने, टेलिफोनमा कुराकानी गर्ने र भारत भ्रमणको निम्तो दिने प्रचलन भारतले तोडेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटक नेपालका प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई दिएका छैनन् न त देउवालाई भारत भ्रमणको निम्तो नै आएको छ । यद्यपि, भारतीय राजदुत ले भने देउवालाई बुढानिलकण्ठमै भेटेर बधाई दिएका छन् ।
यही बीचमा बरु नेपालको राजनीतिमा खासै हस्तक्षेप नगर्ने चीनका तर्फबाट राजदुतले भेटेर बधाई मात्र दिएकी छैनन् । उनले थप १६ लाख डोज कोरोनाको खोप अनुदानमा दिने घोषणा समेत गरेकी छन् । यस अघि ओली सरकारकै पालामा चीनीया राष्ट्रपतिकै सक्रियतामा १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यो सँगै चीनले नेपाललाई अनुदानमा ३४ लाख खोप डोज दिने छ । त्यो भनेको हाल सम्म कुनै पनि विदेशी राष्ट्रले नेपालका लागि दिएको यो सबै भन्दा ठूलो अनुदान हो ।
यस अघि भारतले १० लाख डोज, अमेरीकाले १५ लाख डोज दिएको छ । भारतले त नेपालले अग्रिम भुक्तानी गरेको थप १० लाख डोज खोप अझै उपलव्ध गराएको छैन ।
आखिर भारतले देउवालाई कसरी हेरीरहेको छ ? कुन स्तरबाट सम्बन्ध बनाउन खोजिरहेको छ ? भित्री रुपमा त्यसका लागि गृहकार्य भएकै होला तर औपचारीक रुपमा बधाई भारतबाट नआउनुलाई नेपालमा चर्चाको विषय भने बनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी