२०४६ सालपछिका प्रधानमन्त्रीहरुमा सवैभन्दा लामो समय शासन सम्हालेर केपी शर्मा ओली बालुवाटारबाट बालकोट सर्नु भएको छ । जनताको अभिमतबाट निर्वाचित प्रधानमन्त्रीलाई जनताको आदेशले होइन, सर्वोच्चको परमादेशका कारण उहाँले पद छोडनु परेको यथार्थता सवैले बुझेकै बिषय हो । लोकतन्त्रलाई जीविकाको बिषय होइन, जीवनको बिषय बनाउनु भएका केपी शर्मा ओली हिजो पनि जनता र कार्यकर्ताको बीचमा अत्यन्त लोकप्रीय नेता हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोली पनि हुनु हुनेछ ।
ओली शासनः इतिहासकै स्वर्णकाल
ओली शाषनकालमा भएका सवै कामहरुको विवरण यहाँ व्याख्या गर्न सम्भव छैन । तर एक शव्दमा भन्ने हो भने केपी शर्मा ओलीको शासनकाल नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । उहाँको शासनकालमा भएका विकास निर्माण र पुर्ननिर्माणका क्षेत्रमा मुलुकले जे जति प्रगति हासील गर्न सक्यो । त्यो प्रगति अरुको समयमा भएको थिएन । उहाँले आफनो शासनकालमा जीवन रक्षा र जनताको जीविकाको प्रश्नलाई पहिलो प्राथमीकताको बिषय बनाउनु भयो । विपतीमा परेका जनताको समस्यालाई सम्वोधन गर्नुभयो । अप्रत्याशीत रुपमा विश्वव्यापीरुपमा आएको कोभिड—१९ को समस्यालाई नेपाली सन्दर्भमा अकल्पनीय हिसावले सम्वोधन गर्नुभयो । मिचिएको नेपाली भुभागलाई समेटेर चुच्चे नक्शा कसैले प्रकाशन गर्ने हिम्मत देखाएका थिएनन, त्यो काम उहाँकै कार्यकालमा सम्पन्न भयो । समग्रमा उहाँको शासनकालमा देशको राष्ट्रियताको प्रवद्धनदेखि देश विदेशमा नेपालको छवि र गरिमा बढयो ।
सर्वोच्चको अन्याय तर जनताको सम्मान र न्याय
माथि नै उल्लेख गरियो की प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बर्हिगमन जनताको आदेशले होइन, सर्वोच्चको परमादेशको कारणले हो । जनताले त उहाँलाई अपार माया र सम्मान गर्दछन । उहाँका पक्षमा सडकमा उर्लिएका मानवशागर र नाराहरुले यही कुराको पुष्टि गर्दछ । एमाले पार्टी र उहाँको लोकप्रीयताकै कारण लोकतन्त्रको महिसा ठान्ने नेपाली कांग्रेस पार्टीले समेत निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदन हुने आँट गर्न सकेन र अदालतको परमादेशको जस्केलोबाट सिंहदरवारको यात्रा तय गरयो ।
षडयन्त्रको तानावानाले निर्वाचनलाई अलि पर धकेल्न सकिएला, तर यो सधैभरीकालागि संभव छैन । मुलुकमा जव निर्वाचन हुन्छ नी, त्यो निर्वाचनले सर्वोच्चले गरेको ओली अन्यायलाई जनताले न्याय दिनेछन ।
तर यो यात्रा तय गर्ने बातावरण केपी शर्मा ओलीका आफनैहरुले बनाए । उहाँको तेजोबध गर्ने अनेकन षडयन्त्रका तानावाना बुनिए । उहाँलाई भजाएर नियुक्ति लिएका मानिसहरुदेखि उहाँका सहकर्मीहरुले समेत उहाँलाई धोका दिए । नेपालीमा एउटा उखान छ, एक माघले जाडो जाँदैन । देशी विदेशीका भरिया बनेर आफनै पार्टी र नेताको विरुद्धमा परिचालन हुने अवसरवादीहरु भविष्यमा आफै पाखा लाग्दै जानुपर्दछ र जानेछन् । उहाँको शासनकालमा घेराउ र षडयन्त्रको राजनीतिको शुरुवात भयो, त्यो पनि आफनैहरुबाट । राजनीतिका सबै ढोकाहरुबाट गरिएका यी सवै षडयन्त्रहरुलाई पराजित गर्दे अपराजित बन्नु भएका ओलीलाई अराजनीतिक हिसावले षडयन्त्रपुर्वक परमादेशबाट बर्हिगमन गराइयो । विश्वकै न्यायीक इतिहासमा नभएको काम न्यायीक निकायबाट प्रधानमन्त्री तोकेर हाम्रो सर्वोच्च अदालतले जनताको अभिमतको अपमान गरयो । अव अदालतले नै कार्यपालिका र व्यवस्थापीकाको समेत काम गर्छ भने त्यो देशलाई न्याय मरेको देश भन्दा कुनै फरक नपर्न सक्छ । आज देशमा केपी शर्मा ओलीलाई जनताहरुले सम्मानपुर्वक हेरिरहेका छन् र उहाँलाई फेरी यो भन्दा शक्तिशाली नेता र प्रधानमन्त्रीकोरुपमा पाउनकालागि आतुर बनिरहेका छन् । षडयन्त्रको तानावानाले निर्वाचनलाई अलि पर धकेल्न सकिएला, तर यो सधैभरीकालागि संभव छैन । मुलुकमा जव निर्वाचन हुन्छ नी, त्यो निर्वाचनले सर्वोच्चले गरेको ओली अन्यायलाई जनताले न्याय दिनेछन । त्यो निर्वाचनले सवै खाले षडयन्त्रहरुलाई परास्त गर्नेछ र उहाँको इमान्दारिताप्रति अपमानको उपहार दिनेहरुलाई परास्त गर्नेछ ।
आफ्नो बारीका २६ थुङगा फूलहरु टीपेर विरोधीको घाँटीमा उपहार दिने माधव नेपाल अव नेपालको बामपन्थी आन्दोलनमा मात्रै होइन, नेपालको राजनीतिक इतिहासमै अमर रहने छन, तर कलङिकत पात्रकोरुपमा ।
सडकको आवाज, माधव नेपाललाई पार्टीमा नो इन्ट्री
नेकपा एमाले देशभक्त, प्रगतिशील, परिवर्तकामी न्यायप्रेमी जनताहरुको साझा फूलवारी हो । यो फूलवारमा सवै मानिसहरु फक्रन र फूल्न पाउछन । केपी शर्मा ओलीको अथक प्रयासमा एमालेको गमलामा फूलाएका केही फूलहरुलाई माधव नेपालले चुडे र २६ थुङगा फूलको माला बनाएर अरुलाई उपहार दिए । आफ्नो बारीका २६ थुङगा फूलहरु टीपेर विरोधीको घाँटीमा उपहार दिने माधव नेपाल अव नेपालको बामपन्थी आन्दोलनमा मात्रै होइन, नेपालको राजनीतिक इतिहासमै अमर रहने छन, तर कलङिकत पात्रकोरुपमा । नेपाली राजनीतिमा माधव नेपाललाई विभिषणको उपमा पनि पाउनु भएको छ । लडाइमा आफनो सेनापतिलाई लडाइकावेला विरोधीहरुलाई सघाउँदै आफनै सेनापतिलाई गोली हान्ने सिपाहीको उपमा पनि पाउनु भएको छ । अव उहाँले विरोधीहरुलाई यो गुण लगाए बापत २६ धार्नीको माला त उपहार पाउनु होला, तर यो भन्दा त अरु केही पाउने छनक देखिएन ।
आफनो पार्टीका नेतालाई विरोधीहरुसँग मिलेर प्रधानमन्त्रीबाट बर्हिगमन गराउने बहादुर माधव नेपाललाई पार्टीमा ठाँउ छैन भन्ने शन्देश उहाँको पुत्ला होहन गरेर सडकले दिइसकेको छ । अव यो आवाज नेताहरुले र सिङगो पार्टीले सुन्नु पर्दछ ।
आफनो पार्टीलाई तहस नहस बनाएर, आफनो पार्टीका नेतालाई विरोधीहरुसँग मिलेर प्रधानमन्त्रीबाट बर्हिगमन गराउने बहादुर माधव नेपाललाई पार्टीमा ठाँउ छैन भन्ने शन्देश उहाँको पुत्ला होहन गरेर सडकले दिइसकेको छ । अव यो आवाज नेताहरुले र सिङगो पार्टीले सुन्नु पर्दछ । षडयन्त्रकै तानावाना अन्र्तगत गरिएको १० बुँदेलाई पनि अव पार्टीले अस्वीकार र खारेज गर्नु पर्दछ । यिनीहरु नेकपा एमालेको सुर्य चिन्ह अदालतबाटै पनि खोस्ने जिम्मा लिएर काजमा आउन लागेका हुन भन्ने कुरालाई एमालेका सवै नेता कार्यकर्ताले बुझन जरुरी छ । लडाईको नियममा धोका दिने सिपाहीलाई अर्को प्रधान सेनापतिले पनि कसरी विश्वास गर्छ र ? आफनै नेतालाई त धोका दिने माधव नेपाललाई भोली देउवा र प्रचण्डहरुले खै कसरी विश्वास गर्लान र ? यो भने भविष्यले देखाउने छ ।
सर्वोच्चको फैसला आउँदा लड्डु खाने मानिसहरुले केपी शर्मा ओलीको प्रधानमन्त्रीको बर्हिगमनमा धेरै मानिसहरुले भोज खाए होलान । हामीसँग प्रमाणहरु छन, उहाँलाई प्रधानमन्त्रीबाट बर्हिगमन गराउन लागि परेका ठुलठुला शक्तिकेन्द्रहरुमा टेण्ट टाँगेर नै भोज लगाइयो । तर षडयन्त्रपुर्वक गरिएको जीत पार्टी गरेर उत्सव मनाउनेहरुले बुझनु पर्ने कुरा के हो भने बेइमानको खेतीबाट आर्जन गरिएको सम्पती भन्दा इमान्दारीता रोटी धेरै मीठो हुन्छ । तपाइहरु षडयन्त्रपुर्वक जारी भएको परमादेशको जस्केलोबाट सिंह दरवार पस्नु भयो होला, तर केपी शर्मा ओली जनताको सम्मान र माया सहितको इमान्दारीता र स्वाभिमानको पोको बोकेर बालकोट जानु भएको छ । त्यसैले यहाँ केपी ओलीको हार होइन, जीत भएको छ ।