आमाको गर्भ देखिनै जुन ठाउमा हुर्किए ।
त्यसैको ममता प्यारो आत्मीयतापन लिए ।।
पश्चिम नेपालको जिल्ला रोल्पाको दूर गाउँमा ।
रमणिय ठाउँछ सुन्दर जुगार बस्ती गाउँमा ।।
आमाको ममता प्यारो मातृभुमी जुगारको ।
जहा जाउँ त्यहि देख्छु सुन्दर बस्ती मुहारको ।।
साल नाल सहित मेरो पनपिडो ममता त्यहाँ ।
त्यही नै स्वर्गको सुन्दर मातृभूमी रहिछन जहाँ ।।
जुगार गाऊँको माया लाग्दछ हरदम पनि ।
आमाको ममता प्यारो स्नेही गाऊँमा छनि ।।
-बालचन्द्र गौतम, दाङ घोराही
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline