पति, देवर ससुरा सहित ६ जना मिलेर सुजिता ठाकुरको हत्या गरी गाडेर ढलान गरेको अवस्थामा फेला

पति, देवर ससुरा सहित ६ जना मिलेर सुजिता ठाकुरको हत्या गरी गाडेर ढलान गरेको अवस्थामा फेला

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा गाउँभन्दा एक किलोमिटर पूर्वमा अवस्थित पेट्रोलपम्पको शौचायलको ट्याङ्कीसँगै १३ फिट गहिरो खाल्डोमा फेला परेको हो ।

सडक सतहदेखि नौ फिट गहिरोमा पेट्रोलपम्पको शौचालय रहेको र शौचालयसँगै टाँसिएर रहेको सुजीताका ससुरा पतिराम ठाकुरको खेतमा खाल्डो खनी शव राखेर माथिबाट ढुङ्गा, बालुवा र सिमेन्टले पक्की ढलान गरेको अवस्थामा प्रहरीले सुजिताको शव बिहान १० बजे फेला पारेको हो ।

देवर रुपेश, ससुरा पतीराम, पति मुकेशसहित छ व्यक्तिले मिलेर सुजिताको हत्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खेतमा पाँच फिट खाल्डो खनी गाडेको बताइएको छ ।

घटनाबारे टोल छिमेकबाट सुइँको पाएर माइती पक्षले प्रहरी, मानव अधिकारकर्मी, अधिकारवादी, प्रदेश सरकारका गृहमन्त्री र मधेश आयोगलगायतबाट सहयोग पाएर उनको शव गाडिएको स्थानमा यही असार १३ गते उत्खनन गर्दा प्रहरीले त्यहाँबाट कपाल, रगत, नुन, मलखाद, डोरी र तन्ना बरामद गरेपछि घटना थप रहस्यमय बनेको थियो ।

शवको अवशेष प्राप्त भएकै दिन प्रहरीले घटनामा संलग्न रहेका आरोपमा उनका देवर रुपेश र पति मुकेशलाई नियन्त्रणमा लिएको थियो । संलग्न व्यक्तिको केरकारपछि आज एक महिना आठ दिनपछि सुजिताको शव फेला पार्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी