हामी

हामी

  • शनिबार, असार २६, २०७८
  • टिपि शर्मा तिमिल्सिना

  • 8.6K
    SHARES

हामीले लामो प्रयत्न गर्‍यौं
आफ्नै बस्तुस्थिती-स्थिरता,
अन्तर्राष्ट्रिय मान्यताहरु अध्ययन गर्‍यौ
र, एउटा प्रणाली स्थापित भयो।
सबैका लागि,–
सबैलाई अटाउने घर निर्माण गर्‍यौ
र, आ-आफ्नो कामको जिम्मेवारी बाड्यौं।
हरेक कामहरुको
आफ्नै मान्यता हुन्छ,
आफ्नै नीति
नियम
र, विधि-विधान हुन्छ
त्यसैले कार्य विभाजन
र, अधिकार बाँडफाँड गर्‍यौ।
हामी सक्षम थियौ
हाम्रो लक्ष्य उज्वल थियो
तर, कहाँ असफल भयौं?
अथवा, कसरी कमजोर भयौं?
कतै अधिकारलाई बढी नै प्रयोग गर्‍यौ कि!
वा, प्रयोग गर्नै जानेनौ।
आफूले-आफैलाई मूल्यांकन गर्‍यौ कि।
वा, आवश्यकता नै ठानीनौं!
हामी एकांकी हुँदै गयौ,
अथवा, सामुहिकतालाई छाड्यौं?
अहिले हाम्रा हरेक कुराहरु
प्रत्येक कामहरु,
कठघरामा उभिएका छन
र, हाम्रो कार्यकुशलतामाथी नै प्रश्न उठेको छ
अनि, हामी प्रश्नहरुको
जवाफ खोजीरहेका छौं।
हाम्रा पाइलाहरु बन्दीजस्तै
इजलासमा उभिएका छन,
र, आफ्नो यात्राको कार्यसूची थन्क्याएर
फैसलाको प्रतिक्षामा छौं।
हामीले कस्तो प्रणाली स्थापित गर्‍यौं?
अथवा, कसरी कामहरु थाल्यौ?
यी प्रश्नहरु अहिले कठघरामा उभिएका छन
र, हामी त्यसको उत्तर खोजीरहेका छौं।
-२६ असार, २०७८

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी