सत्यकथा- ठूल्दिदी

सत्यकथा- ठूल्दिदी

  • शनिबार, असार २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

सधै प्राय मलाई देख्ता मुसुक्क मुस्कुराउने ठूल्दिदी आज बिल्कुल फरक मुद्रामा थिइन् ,चोकको एउटा कुनामा उनी एउटा झिनु आशा राखेर हुत्याउथिन उनको विवश हाँसो उनका ग्राहकतिर र उनका अगाडि हुन्थे मात्र रुपैयाँ २० का विभिन्न भागहरु,खोर्सानी ,अदुवा,धनियाँ अनि कागतीका थुप्राहरु ।पैसाको कारोबार ठिकैमात्र जान्ने ठूल्दिदी अक्षर भने राम्रोसँग जान्दिनथिन । हरेक बिहानीको झुल्के घाँमसँगै उनको दैनिकी अरुकै घरका भित्तो ,भरयाङ्ग र बारदली पुछाइबाट सुरुहुन्थ्यो,आफ्नु भत्किएको ,पानी चुहिने टिनको टहरोमा एक नजर पनि घुमाउन नपाउदै अरुका बिशाल र भब्य महल टल्काउन पुग्थिन ठुल्दिदी,जव उनको आफ्नै वासको टुङ्गो थियेन। दैनिक ५ बाटा लुगा धुन्थिन उनी, जब उनको उनको नाङ्गो शरीरमा ढाक्ने र राम्रो एकसरो लुगा थिएन ।सम्भवत पाँच घरका जुठाभाँडा सफा गर्थिन ,उनका घरमा कुनै सद्देभाँडो थिएन ।उमेरले निकै पाकी बनेकी ठुल्दिदी पाँच छोरीकी आमा थिइन ।हसिली,खुसिली ठूल्दिदी हृदयभरी पिडा छचल्किए पनि बाहिर दुखी कहिल्यै देखिन्नन ,उनका बर्गतले कुनै छोरीलाई बिद्यालय सम्म पठाउन नसक्ने दिदीले निक्कै ठूलो हृदयले छोरीलाई पनि अरुकै घरको काममा पठाउन बध्य थिइन उनी ।बर्सौ देखिको lock down ले विश्व हार्दै गर्दा उनका आधारहरु पनि टुट्तै ,फुट्तै र छुट्तै जादैथिए ,उनका निराक्ष्रर र निर्दोश छोरीहरु प्रति कुदृश्टिका तिरहरु झनै तिखारिदै थिए ,सभ्य र शिक्षित भनिएकाहरुले उनीहरुको परिवेशलाई चियाइ रहेका थिए ।दयाको भिकले अव ठूल्दिदीको चुलो बल्न छोडिसक्यो ।उनका ओठ्को रुन्चेहाँसोले अनुहारको शोभा घटाएको थियेन ।आफ्नु शरीरको दुख पिडा अनुभव गर्न सम्म नपाएकी दिदीका सन्तानका प्राकृतिक रहरहरु कसरी छेकिन्थे होला ? त्यो प्राकृतिक भोक प्यास कसरी दब्थ्यो होला र ?विवश थिये बिचराहरु……विवश थिये । म म पसलका जुठा भाँडा माज्ने जागीर छुटिसकेको थियो ।प्राकृतिक रहर अभावमा छेकिदैन । भोक प्यास पनि गरिबीमा नलाग्ने होईन ।केही उत्ताउला देखिन्थे भने त्यो नाजायज थियेन ।तर आज के भयो ?त्यो टोलकै शेवक ठिल्दिदीलाई ,उनी फरक देखिईन ।उनको कपाल फिजिएको थियो,कसैलाई चिन्नछोडि सकेकी थिईन,आफन्तनै पराई,पराईनै आफन्त जस्तो ब्यवहार गर्थिन ।शरीरका लुगा खोल्थिन र फल्थिन ,चौपाया सँगै आफ्नु दिन बितौछिन ।फुटेका चुराका टुक्रा हेर्दै हास्छिन ,बालुवामै आफ्नु ओछ्यान बनौछिन ठूल्दिदी । के थियौ ठूल्दिदी आज के भयौ ? न म तिम्रो कोही हुन सकेँ,न अरुनै कोही तिम्रा भये ,तर जे होस बेहोसीमै भये पनि तिमी हाँसेकी छौ, अरु जो तिमीप्रति दया दर्शाउछन उनीहरु अफ्नै पिडाले रोइरहेकाछन र रोइरहनेछ्न ! रोइरहनेछन !!

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी