अहँ, हुँदै हुँदैन
म मान्दै मान्दिनँ
तिमी को हौ रु र मानौँ
म त जे नि गर्छु
कसैले रोक्न
अनि छेक्न सक्ने होइन
किनकि
सरकारै मेरो, म नै सरकार पनि
राष्ट्र नै मेरो, अनि राष्ट्रपति पनि
त्यसैले
म आफ्नै नियम बनाउँछु
म आफ्नै तालमा नाच्छु
तर ज्यानै गए पनि
अहँ, म त मान्दै मान्दिनँ ।।
मेरो प्यारो कुर्सी
म त छाड्दै छाड्दिनँ ।।
मेरो प्यारो कुर्सी
म त छाड्दै छाड्दिनँ ।।
ओभानो ओभानो हिडुँ
या छिटा छ्याप्दै हिडुँ
तिमीलाई के को टण्टा
कसैको लोग्नेलाई मन्त्री बनाऊँ
या कसैको स्वास्नीलाई
तिमीलाई के को चिन्ता
धेरै निहुँ नखोज मसँग
धेरै निहुँ नखोज मसँग
फेरि नयाँ अध्यादेश ल्याउँछु
तिमीलाई म ढाल्छु
आफुलाई उचाल्छु
पर्खिहेर मलाई
आफ्नो वर्चस्व फेरि जमाउँछु
किनकि
सरकारै मेरो म नै सरकार पनि
राष्ट्र नै मेरो अनि राष्ट्रपति पनि
त्यसैले
म आफ्नै नियम बनाउँछु
म आफ्नै तालमा नाच्छु
तर ज्यानै गए पनि
अहँ, म त मान्दै मान्दिनँ ।।
मेरो प्यारो कुर्सी
म त छाड्दै छाड्दिनँ ।।
मेरो प्यारो कुर्सी
म त छाड्दै छाड्दिनँ ।।
भो बाढीको भेलले
बगाउन नखोज मलाई
साथ नदिई नदिई
लडाउन नखोज मलाई
जति चोट लाए पनि
जति खोट लाए पनि
म म नै हुँ १
फेरि उठ्न सक्छु
फेरि जुट्न सक्छु
किनकि
सरकारै मेरो म नै सरकार पनि
राष्ट्र नै मेरो अनि राष्ट्रपति पनि
त्यसैले
पर्खिहेर मलाई
आफ्नो वर्चस्व फेरि जमाउँछु
तर
अहँ, म त मान्दै मान्दिनँ ।।
मेरो प्यारो कुर्सी
म त छाड्दै छाड्दिनँ ।।
मेरो प्यारो कुर्सी
म त छाड्दै छाड्दिनँ ।।