जेभियर इन्टरनेशनल कलेजलाई विश्वस्तरको अवार्ड

जेभियर इन्टरनेशनल कलेजलाई विश्वस्तरको अवार्ड

  • बिहिबार, असार १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, १७ असार । नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्र्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो ।
हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको छ ।
कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले दुबइस्थित ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरेको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताउनुभयो । कोभिड–१९ को महामारीका कारण सो पुरस्कार भौतिक उपस्थितिमा नभई प्रमाणपत्र उपलब्ध भएको जनाइएको छ ।
तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् (हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षा सञ्चालन गर्दै आएको छ । प्रगतिशील शिक्षण र सिकाइ अवधारणाको कार्यान्वयन गर्दै आएको सो कलेजले बोर्डको परीक्षामा गत सात वर्षदेखि ९० प्रतिशत सफल नजिता हासिल गर्दै आएको छ । यस कलेजमा विदेशी विद्यार्थी पनि अध्ययनरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी