२०५० साल जेष्ठ ३गते अर्थात आजभन्दा २८ बर्ष अगाडी नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको जीव दुर्घटनामा रहस्यमय मृत्यु भएको दिन । सम्पुर्ण नेपालीहरुले नेपाली कम्युनिष्ट आन्दोलनका चम्किला नक्षेत्र गुमाएको दिन अर्थात सम्पुर्ण नेपालीहरुकालागि कालो दिन ।
त्यो दिन, मदन भण्डारीले चितवनको एउटा कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम थियो र उहाँ त्यही कार्यक्रममा सहभागि हुन उहाँ पोखराबाट चितवन आउदै हुनुहुन्थ्यो । आउदा आउदै बाटोमा त्यही दिन आँवु खैरनीमा गोरखाका पार्टी संस्थापक समेत रहेका मेरो दाई ध्रुव खड्का लगायत गोरखकाली रवर उद्योगका मजदुर साथीहरुले भव्य स्वागत गरेका थिए । पोखराबाट मदनसँगै आएका ऋषि कट्टेल त्यही आँवु खैरनीमा ओर्लिनु भएको थियो । त्यसदिन आँवु खैरनीका कमरेडहरुले मदन भण्डारीलाई त्यही वस्न अनुरोध गरेपनि फेरी आउने बाचा सहित उहाँ विदाईको हात हल्लाएर चितवनतर्फ प्रस्थान गर्नु भएको थियो ।
एक्कासी एउटा अधवैसे मान्छे स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै नारायणगढको पीया मेडिकल हलमा प्रवेश गर्यो । उसले प्याण्टको गोजीमा गाडीको चावी झुण्ड्याएको थियो । उसको दाहिने हातको गोलीगाँठादेखि कुहिनासम्म केही ददारीएका चोटहरु थिए । तर त्यो मान्छे को हो ? भन्ने हामीलाई थाहा थिएन । जव उसलाई पीया मेडिकल कलेजका चिकित्सकहरुले उसको दाँदरिएको घाउँमा डिटेल लगाइदिए । त्यसपछि उसले कुनै अज्ञात व्यक्तिलाई फोन गरयो र भन्यो, काम फत्ते भयो ।
मदन भण्डारी चितवन आउने कार्यक्रम थाहा पाएपछि म सहित युवा सङघ लगायत सप्तगण्डकी र वीरेन्द्र क्याम्पसका साथीहरु मदन भण्डारीको स्वागत गर्न नारायणगढको पीया मेडिकल हल नजीक जम्मा भएका थियो । हाम्रा आँखाहरु मनहरु कतिवेला मदन कमरेड आउनुहुन्छ होला भनेर बाटोभरि विछिरहेका थिए । हामी उहाँलाई पर्खिरहेका थियौ, तर नारायणगढमा मदन भण्डारी आउनु भएन । एक्कासी एउटा अधवैसे मान्छे स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै नारायणगढको पीया मेडिकल हलमा प्रवेश गर्यो । उसले प्याण्टको गोजीमा गाडीको चावी झुण्ड्याएको थियो । उसको दाहिने हातको गोलीगाँठादेखि कुहिनासम्म केही ददारीएका चोटहरु थिए । तर त्यो मान्छे को हो ? भन्ने हामीलाई थाहा थिएन । जव उसलाई पीया मेडिकल कलेजका चिकित्सकहरुले उसको दाँदरिएको घाउँमा डिटेल लगाइदिए । त्यसपछि उसले कुनै अज्ञात व्यक्तिलाई फोन गरयो र भन्यो, काम फत्ते भयो ।
प्रीय नेताहरु गुमाउदाको पीडामा त्रिशुलीको तीरमा अर्को आँशुको समुन्द्र बगेको थियो । तर हाम्रा आँसुहरुले मदन र आश्रितको जीवन फर्काउन सकेन ।
हामी लगायत केही कमरेडहरुले त्यहाँका स्थानीयहरुसँग सोधपुछ गरेर घटनाको विवरण लिन चाह्यौ। तर कोही बोल्न तयार थिएनन् ।
हामी छक्क परयौ । के भएको होला ? त्यो मान्छे को होला ? हामीलाई एकखालको छटपटाहट वढिरहेकै थियो । तर त्यसको केही मिनेट नवित्दै हामीलाई थाहा भैहाल्यो । जननेता मदन भण्डारी चढेको जीप दासढुङगामा दुर्घटना भैसकेको रहेछ र त्यो मान्छे मदन भण्डारीको चालक अमर लामा पो रहेछ । यति कुरा बुझेपछि हामी केही सोच्न नसक्ने अवस्थामा थियौ । यो घटना सुनेपछि मलाई मेरो पैतालाहरु जमीनमुनि भासिए जस्तो र टाउकोमाथि आकास खसेजस्तो अनुभुति भैरहेको थियो । त्यहा हुनै नसक्ने कल्पना नै गर्न नसक्ने कुरा भैसकेकै थियो । मनमा एकखालको छटपटाहट थियो । तर हाम्रो अगाडी केही विकल्प थिएन । त्यसपछि हामी आँखाभरी आँसु र मनभरी पीडा बोकेर साथीहरुसहित दासढुङगातर्फ लागेका थियौ ।
दासढुङगा, जहाँ मदन भण्डारी चढनु भएको जीव दुर्घटना भएको थियो, त्यहाँ लगभग ३० बटा जति मोटरसाइकल र ४/५ वटा गाडीहरु थिए । ट्याटु खोपेका गुण्डाजस्ता ३०/४० जना मानिसहरु थिए । हामी एकखालको अलमलको अवस्थामा थियौ । हाम्रा अगाडी रुनुको विकल्प थिएन । किनकी हामीले हाम्रा प्रीय नेताहरु गुमाइसकेका थियौ । त्यतिवेला दासढुङगा वरपर रहेका सवै छाप्राका ढोकाहरु वन्द थिए । कोही पनि मानिसहरु बोल्न चाहदैनथे । विस्तारै दासढुङगामा मानिसहरु संख्या बाक्लिन थालिसकेको थियो । आँवु खैरैनीस्थिति गोरखकाली रवर उद्योगमा कार्यरत मेरो दाई ध्रुव खडका लगायत अन्य मजदुरहरु, चितवन र गोरखा जिल्लाबाट जिल्ला कमिटीका जिम्मेवार नेताहरु पनि घटनास्थल आइपुग्नु भएको थियो । त्यतिवेला प्रायस सवै मानिसहरु रोईरहेका थिए । मेरो ध्रुव दाई टाउकोमा हात लगाएर भक्कानो छोडेर रोइरहनु भएको थियो । प्रीय नेताहरु गुमाउदाको पीडामा त्रिशुलीको तीरमा अर्को आँशुको समुन्द्र बगेको थियो । तर हाम्रा आँसुहरुले मदन र आश्रितको जीवन फर्काउन सकेन ।
हामी लगायत केही कमरेडहरुले त्यहाँका स्थानीयहरुसँग सोधपुछ गरेर घटनाको विवरण लिन चाह्यौ। तर कोही बोल्न तयार थिएनन् । एकजना बृद्ध दम्पती (जो अहिले नहुन पनि सक्नुहुन्छ) उहाँहरुको भनाई अनुसार मदन भण्डारी पौडिएर बाहिर निस्कन खोजेको तर अरुले फेरी कुटपीट गरेर मारेर पानीमै खसाई दिएको जस्ता अभिव्यक्ति दिनु भयो । उहाँहरुका अनुसार, घनटामा परेको मान्छे को हो ? उहाँहरुले थाहा नपाएको भएपनि मान्छेहरुको अहिलेको उपस्थितिले ठुलै मान्छेको यसरी यहाँ हत्या गरियो भन्ने खालको अभिव्यक्ति ती बुढावुढीको थियो ।
जीवराज आश्रितको सव गाडीभित्रै फेलापरेपनि मदन भण्डारीको केही पत्तो थिएन । मानिसहरु मदनलाई जीउदैँ भेटन सकिने अपेक्षामा थिए । मानिसहरुको चाहना उनी पौडिदै पौडिदै त्रिशुलीको कुनै किनारमा टुक्रुक्क वसिरहेका हुन भन्ने अपेक्षा गरिरहेका थिए । उहाँलाई जीउदै पाउने आशामा मानिसहरु दासढुङगादेखि त्रिशुलीका दुवै किनारामा मदनलाई खोज्न लामवद्ध भए । तर हामीले मदनलाई पाउन सकिनौ ।
त्यसपछि दासढुङगामा काठमाण्डौ लगायत देशका विभिन्न भागबाट मानिसहरुको ओइरो लागेको थियो । जीवराज आश्रितको सव गाडीभित्रै फेलापरेपनि मदन भण्डारीको केही पत्तो थिएन । मानिसहरु मदनलाई जीउदैँ भेटन सकिने अपेक्षामा थिए । मानिसहरुको चाहना उनी पौडिदै पौडिदै त्रिशुलीको कुनै किनारमा टुक्रुक्क वसिरहेका हुन भन्ने अपेक्षा गरिरहेका थिए । उहाँलाई जीउदै पाउने आशामा मानिसहरु दासढुङगादेखि त्रिशुलीका दुवै किनारामा मदनलाई खोज्न लामवद्ध भए । तर हामीले मदनलाई पाउन सकिनौ । घटनाको भोलीपल्ट मात्रै नारायणगढभन्दा तल घोप्टो अवस्थामा सुतिरहेको मदनको सव फेला पर्यो । त्यो अप्रत्यासीत घटना असत्य होस भन्ने हाम्रो चाहना थियो तर आँखै अगाडीको घटना पत्याउनुको पनि हामीसँग विकल्प थिएन ।
मदन भण्डारी वितेको पनि अहिले लगभग २८ बर्ष वितिसकेको छ । हामीले मदन भण्डारीको ७० औँ जन्मजयन्ती पनि मनाइसकेका छौ । आजभन्दा २८ बर्ष अगाडी देशको राजधानी टुडिखेलबाट मदन भण्डारीको मृत्युको शोकलाई शक्तिमा वदल्ने कसम खाएका हामी नेकपाका कार्यकर्ताहरु अहिले उहाँले विकास गरेका जनताको बहुदलीय जनवादको आलोकमा हुर्किरहेका छौ । यो २८ बर्षमा देशमा धेरै राजनीतिक आर्थिक र सामाजिक परिवर्तनहरु भएका छन । अहिले नेपाली माटो र मौलिकतामा उहाँको विचारले उचाई प्राप्त गरेको छ र यसलाई थप समृद्ध वनाउने जिम्मा अहिले नेकपा एमालेका नेता कार्यकर्ताहरुको जिम्मामा आएको छ ।
जव मानिसहरुमा विचार सकिन्छ, त्यो मान्छेलाई राजनीतिले होइन, अराजनीतिले निर्दैशित गर्दछ । अहिले नेकपा एमालेका केही नेताहरुमा यही प्रवृति देखा परेको छ ।
तर अहिले मदन भण्डारीको बैचारिक आलोकमा आफनो राजनीतिक हैसियत निर्माण गरेका केही नेताहरुमा पदीय महत्वकाक्षा बढेको छ । सिधै भन्ने हो भने मदन भण्डारीको रहस्यमय हत्यापछि महासचिव बन्ने अवसर पाएका माधव नेपालमा यो मानसीकता विकसीत भएको छ । उहाँमा यतिवेला विचार सकिएको छ, र आफनै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई असहयोग गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु भएको छ । जव मानिसहरुमा विचार सकिन्छ, त्यो मान्छेलाई राजनीतिले होइन, अराजनीतिले निर्दैशित गर्दछ । अहिले नेकपा एमालेका केही नेताहरुमा यही प्रवृति देखा परेको छ ।
यतिवेला कमरेड माधव नेपालले २०५० साल जेष्ठ ३ गतेको दिन स्मरण गर्दा कसरी गर्नुहुन्छ होला ? जवजको विकासदेखी अहिलेसम्म उहाँले जवजकोवारेमा गरेको व्याख्या र वर्तमान समयमा देउवा र प्रचण्डको पिछलग्गु बनेको कुरालाई नेकपा एमालेका नेता कार्यकर्ताले कसरी मुल्याङकन गरेका होलान ? हिजो शक्तिमा हुँदा मदन भण्डारीको पुजा गर्ने, जवजलाई राजनीतिक सिद्धान्त वनाउने तर आज पदकालागि सवै कुराको तिलाञ्जली दिन सक्ने माधव नेपालले मदन भण्डारीको जन्मजयन्ती कसरी मनाउनु भयो होला ? एमालेका नेता कार्यकर्ताले बुझन जरुरी छ ।
मदनको भौतिक शरीर हाम्रो वीचमा नभएपनि हाम्रो मन मष्तिष्कमा हाम्रो बैचारिक आदर्श नेताकोरुमा, जनताका प्रीय नेताकोरुपमा, नेपाली माटोमा जवजको विकास गर्ने एक सिद्धान्तकारकोरुपमा मदन भण्डारी सदैव जीवित रहनु हुनेछ ।
आजभन्दा २८ बर्ष अगाडी त्रिशुलीमा हामीले हाम्रा नेताहरु गुमाएपनि, उहाँहरुलाई गुमाउनु पर्दाको पीडामा त्रिशुलीमा हाम्रा आँसुहरु सागर बनेर पोखिएपनि आज उहाँले विकास गरेको जवजको आलोकमा नेकपा एमालेले जुन हैसियत प्राप्त गरेको छ । मुलुकमा जुन आर्थिक सामाजिक र राजनीतिक परिवर्तन भएको छ, त्यसमा सवै नेपालीहरुले र अझै नेकपा एमालेका कार्यकर्ताहरुले त थप गौरव गर्न सक्नुपर्दछ । मदनको भौतिक शरीर हाम्रो वीचमा नभएपनि हाम्रो मन मष्तिष्कमा हाम्रो बैचारिक आदर्श नेताकोरुमा, जनताका प्रीय नेताकोरुपमा, नेपाली माटोमा जवजको विकास गर्ने एक सिद्धान्तकारकोरुपमा मदन भण्डारी सदैव जीवित रहनु हुनेछ । असार १४ अर्थात मदन भण्डारी जन्मिएको दिन । उहाँको ७० औँ जन्मजयन्तीको अवसरमा भावपुर्ण श्रदान्जली ।